दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २४ पौष । सिर्सिया नदी लाई कसरी व्यवस्थित गर्न सकिन्छ, त्यसको बारेमा वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलम र जितपुर सिमरा उप-महानगरपालिकाका नगर प्रमुख राजन पौडेल बिच आईतबार छलफल भएको छ ।

वीरगंज महानगरपालिकाका उप-प्रमुख र जितपुर सिमरा उप-महानगरपालिकाका नगर प्रमुख बिच सिर्सिया नदी सरसफाइ कसरि गर्न सकिन्छ र वीरगंज महानगर लगायत जितपुर सिमरा लगायतका उधोगहरुको निसिकने फोहर पानि र साथै कच्चा पदार्थहरु पानिमा मिसाउने उधोगहरुको निरिक्षण गरेर उधोग संचालकहरु लाइ‌ सिर्सिया नदिमा पानि छोडदा शुद्ध पानि छोडन र कच्चा पदार्थ सडेगलेका पानी मा नछोडन निर्देशन दिने एक आपसमा सहमति भएको छ ।

साथै हामिले कार्यन्वयन गरेको आदेश पालना नगर्ने उधोगहरु लाइ कार्वाही गरेर समेत सिर्सिया नदि लाइ सफा सुग्घर बनाउन मा जोड तोडले लाग्ने वृहत छलफल भएको छ ।

सिर्सिया नदि लाइ सफा सुग्घर बनाउन को निमित्त वीरगंज महानगर र जितपुर सिमरा उपमहानगर बिच समन्वय गरेर उधोग अनुगमन समिति बनाइ‌ उधोगहरुको निरिक्षण गर्ने, उद्योगबाट निस्किने फोहोर पानीलाई प्रशोधन गरेर मात्र नदीमा मिसाउन निर्देशन दिने साथै पानी प्रशोधन मेसिन नभएको उद्योगलाई तुरुन्तै पानी प्रशोधन मेसिन हाल्न चेतावनी  दिने छलफल छलफल भएको छ ।

उक्त छलफल कार्यक्रम वीरगंज महानगरपालिका का उप मेयर सिर्सिया नदि सरसफाइ का संयोजक इम्तियाज आलम को प्रमुख अतिथ्यमा भएको थियो भने अतिथिहरु वीरगंज महानगरपालिका का मेयर राजेसमान सिंह, जितपुर सिमरा उप-महानगरपालिका का मेयर राजन पौडेल, बिशिष्ट अतिथि मा जितपुर सिमरा उपमहानगर का भोला अधिकारी, नापी कार्यालय, पर्साका प्रमुख नारायण श्रेष्ठ, नारायणी सिंचाईका डिभिजन इन्जिनियर अकलाख सिद्धिकी, उद्योग वाणिज्य संघ वीरगंजका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिना, वीरगंज महानगरका वन तथा वातावरण महाशाखा प्रमुख देवेन्द्र चौधरी तथा वातावरण निरीक्षक प्रदिप साह लगायतको सहभागिता रहेको थियो ।