दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १९ माघ । प्रहरी चौकी, ईनर्वा ले बिहीबार बिहान करिब ११:१५ बजेको समयमा श्रोत नखुलेको रू. २० लाख सहित एक जना मानिस लाई आफ्नो नियन्त्रणमा लिएको छ ।

त्यहाँ बाट खटिएको नियमित चेकिङ टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. १६, रजतजयन्ती चोक स्थित सडक खण्डमा प्रदेश २-०३-०११ प ६३४३ नम्बरको मोटरसाइकल चालक संकाष्पद रुपमा सवार भई आईरहेको हुँदा मोटरसाइकल रोकी चेक जाँच गर्ने क्रममा मोटरसाइकल चालक बाराको बिश्रामपुर गाउँपालिका वडा नं. ०४  बस्ने अंदाजी बर्ष २७ को श्याम किशोर प्रसाद साहको कानून बमोजिम तलासी लिँदा निज संग १ हजार दरका १ हजार ६ सय थान र ५ सय दरका ८ सय थान गरी जम्मा नेपाली रुपैया २० लाख भेटिएकोले उल्लेखित रुपैयाँहरूको श्रोत खुलाउन नसकेको हुँदा मोटरसाइकल, चालक र निजले प्रयोग गरेको मोबाईल थान-२ सहित बरामद गरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा अनुसन्धान भैरहेको कुरा बरिष्ठ प्रहरी नायब निरीक्षक टेक बहादुर कार्की ले बताएका छन् ।