मुनामदन सिलवाल
काठमाडौँ, २९ चैत्र । नव वर्ष २०८१ को पूर्वसन्ध्यामा हेड्स नेपालले शुभकामना आदानप्रदान तथा मानसिक स्वास्थ्य र समाधानका प्रयाससम्बन्धी विज्ञसहितको छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
बनस्थलीस्थित सामुदायिक भवन परिसरमा आज आयोजित कार्यक्रम हेड्स नेपालका केन्द्रीय अध्यक्ष दिलिप देवकोटाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका पदाधिकारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमको सुभारम्भ परिचयात्मक कार्यक्रमबाट भएको थियो भने दोस्रो सत्रमा मानसिक स्वास्थ्य र समाधानका प्रयासहरुसम्बन्धी विशेष प्रस्तुती मनोविमर्शकर्ता टिकाराज पौडेलले राख्नुभएको थियो । बिहान ७ः०० देखि सुभारम्भ भएको कार्यक्रम १०ः०० बजेसम्म सञ्चालन गरिएको थियो । कार्यक्रम सञ्चालन हेड्स नेपालका महासचिव दिव्यराज पौडेलले गर्नुभएको थियो ।
भिडियोसहित ः