दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०७ बैशाख । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार दिउँसो करिब ०५:३० बजेको समयमा बिल विजक भन्दा बढी हार्डवेयर तथा खुद्रा सामानहरु बोकेको एउटा माल बाहक ट्रकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त दिन वीरगञ्ज बाट काठमाण्डौ तर्फ जाँदै गरेको ना. ३ ख ३३२४ नम्बरको ट्रकलाई वीरगञ्ज महानगरपालिका वडा नं. २५, सिर्सिया स्थित सडक खण्डमा रोकी चेक जाँच गर्ने क्रममा विल विजक भन्दा बढी हार्डवेयर तथा खुद्रा सामानहरु लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अंदाजी मूल्य रू.५८ लाख ४१ हजार ७ सय १४ बराबरको नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बिहीबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले आज बताएका छन् ।