दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, २० श्रावण । जिल्ला प्रहरी कार्यालय, पर्सा ले आज दिउँसो करिब ०१:१० बजेको समयमा अपहरण, शरिरबन्धक तथा जबर्जस्ती करणी गरेको अभियोगमा दुई जनालाई आफ्नो नियन्त्रणमा लिएको छ ।
गत बैशाख २० गते दिउँसो करिब ०३:०० बजेको समयमा नामथ र ठेगाना परिवर्तित लाई आफ्नै बाख्रा गोठ बाट बाख्राहरू बाँधी घर फर्कने क्रममा दुई जना अज्ञात व्यक्तिहरूले बीच बाटोमै घेरा हाली जोर जुलुम गरी पीडितको मुखमा कपडाको बुझो लगाइ आँखामा कालो पट्टी बाँधी बसपार्क स्थित रहेको गणेश होटल एण्ड लजको दोस्रो तल्लामा लगी कोठा बन्द गरी पालै-पालो जबरजस्ती करणी गरी बैशाख २३ गते विहान ०८:०० बजेको समयमा घडिअर्वा पोखरीको गल्लीमा एक्लै रगतामै अवस्थामा छाडी भागी फरार भएका थिए ।
घटना पश्चात् पीडित नामथर तथा वतन परिवर्तित को किटानी जाहेरी दरखास्तको आधारमा सो कार्यमा संलग्न रही वारदात पश्चात फरार रहेका पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नं. ०२, सिसियाडी घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नं. १३, राधेमाई स्थितमा नेक मोटरसाईकल वर्कशपका सञ्चालक अन्दाजी वर्ष ४० को नेक महमद तथा रौतहट जिल्ला घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नं. १३ स्थितमा रहेको नेक मोटरसाईकल वर्कशपमा काम गर्ने अन्दाजी वर्ष २१ को अफताब अन्सारी लाई मंगलबार त्यहाँ बाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा वीरगञ्ज महानगरपालिका वडा नं. १५, प्रतिमा चोक स्थित बाट पक्राउ गरी यस कार्यालयमा ल्याइ अपहरण तथा शरीरबन्धक र जबरजस्ती करणी अन्तर्गतको कसूरमा पर्सा जिल्ला अदालत बाट पाँच दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्साल ले बताएका छन् ।










