वीरगंजमा “एक घर, एक बिरुवा” अभियान अन्तर्गत महानगर द्वारा नि:शुल्क फलफूलका बिरुवाहरू वितरण-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, २१ श्रावण । वातावरणीय सन्तुलन कायम राख्ने र हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले वीरगंज महानगरपालिकाले थालेको “एक घर, एक बिरुवा” अभियान अन्तर्गत बुधबार फलफूलका बिरुवा निशुल्क वितरण गरिएको छ ।

महानगरको यो अभियानलाई जनस्तरमा प्रभावकारी बनाउन घण्टाघर चोकमा आयोजना गरिएको कार्यक्रममा महानगर प्रमुख राजेशमान सिंह आफैं सहभागी भई स्थानीयवासीलाई बिरुवा वितरण गर्नुभयो ।

कार्यक्रममा आँप, लिच्ची, कागती, अनार, अम्बा र बेल जस्ता लोकप्रिय फलफूलका प्रजातिहरूका बिरुवा वितरण गरिएको हो ।“हरियालीले शहरलाई स्वस्थ बनाउँछ, र प्रत्येक घरको आँगनमा एक बिरुवा रोप्न सके हामीले वातावरणीय सन्तुलनमा ठूलो योगदान दिन सक्छौं,” महानगर प्रमुख सिंहले कार्यक्रममा भन्नुभयो, “हामीलाई सहरी विकाससँगै हरित विकास पनि उत्तिकै आवश्यक छ।

”महानगरको कृषि शाखा प्रमुख रोशनी यादवका अनुसार करिब ५ हजार बिरुवा वितरण गर्ने लक्ष्य राखिएको छ, र यसको शुरुवात बुधबार घण्टाघर चोकबाट गरिएको हो । महानगरपालिकाले अभियानअन्तर्गत सार्वजनिक स्थल, विद्यालय, धार्मिक स्थल तथा व्यक्तिगतरूपमा इच्छुक घरधुरीहरुलाई बिरुवा उपलब्ध गराएको हो ।स्थानीयबासीले महानगरको यस प्रयासको प्रशंसा गरेका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    • June 2, 2026
    • 39 views

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    • June 2, 2026
    • 44 views
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    • June 2, 2026
    • 44 views
    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    • June 2, 2026
    • 50 views
    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 48 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 46 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन