अफगानिस्तानमा सन् २०२१ मा आतङ्कवादबाट एक हजार चार सय २६ जनाको ज्यान गएको छ, याे विश्वको कुल सङ्ख्याको २० प्रतिशत हो । आईईपी प्रतिवेदनअनुसार अफगानिस्तानमा आतङ्कवादी घटनाहरूमा कम्तीमा हुई हजार एक सय ९९ जना घाइते भएका छन् भने ९१ जना बन्धक पारिएका छन् ।

यी पीडितहरूमध्ये आधाभन्दा बढी नागरिकहरू रहेका थिए जसमा काबुलमा भएको सन् २०२१ को आक्रमणमा परेका थिए । दाएस समूहले काबुल अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुई वटा आत्मघाती बम विस्फोट गराएको थियो जसमा एक सय ७० जना मारिएका थिए भने अन्य थुप्रै घाइते भएका थिए ।

अफगानिस्तानपछि इराक र पाकिस्तानमा सबैभन्दा धेरै आतङ्कवादी आक्रमण गरिएका प्रतिवेदन सार्वजनिक भएका थिए ।