अमेरिका र भारतवीच व्यापार सम्झौता, कर १८ प्रतिशतमा झर्यो

अमेरिका र भारतवीच व्यापार सम्न्झौता भएको घोषणा गरिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र संयुक्त राज्य अमेरिका बीचको लामो समयदेखि प्रतिक्षित व्यापार सम्झौताको घोषणा गरेका हुन् । ट्रम्पले अमेरिकाले भारतमा कर ५० प्रतिशतबाट घटाएर १८ प्रतिशत गरेको बताएका छन् ।

ट्रम्पले अप्रिलमा २५ प्रतिशत पारस्परिक कर लगाए र अगस्टमा रूसबाट तेल खरिद गरेको भन्दै २५ प्रतिशत थप कर लगाउने घोषणा गरेका थिए । नयाँ सम्झौता अनुसार अमेरिकाले रुसको तेल खरिद गरेको भन्दै लगाएको कर पुरै हटाएको छ भने अब भारतलाई कुल १८ प्रतिशत मात्र कर लगाउने भएको छ । ट्रम्पका अनुसार, आवश्यक परेमा, भारतले भेनेजुएलाबाट तेल किन्ने पनि बताएका छन् । 

सम्झौताको घोषणा गर्दै ट्रम्पले भनेका छन्-

‘आज बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्न पाउनु मेरो लागि सम्मानको कुरा थियो । हामीले रूस-युक्रेन युद्ध सहित धेरै मुद्दाहरूमा छलफल गर्यौं । प्रधानमन्त्री मोदी रूसबाट तेल खरिद गर्न बन्द गर्न सहमत भए । भारतले अब अमेरिकाबाट थप तेल किन्नेछ । हामीले भेनेजुएलाबाट तेल खरिद गर्ने सम्भावनाको बारेमा पनि छलफल गर्यौं । यसले युक्रेनमा चलिरहेको युद्ध अन्त्य गर्न मद्दत गर्नेछ, जहाँ हरेक हप्ता हजारौं मानिसहरू मरिरहेका छन् । मित्रता, सम्मान र प्रधानमन्त्री मोदीको अनुरोधमा, हामीले तुरुन्तै अमेरिका र भारत बीचको व्यापार सम्झौतामा सहमत भएका छौं । यस अन्तर्गत, अमेरिकाले भारतमा लगाइएको पारस्परिक करलाई २५% बाट १८% मा घटाउनेछ । भारतले अमेरिका विरुद्धको आफ्नो कर र गैर-कर अवरोधहरूलाई शून्यमा घटाउन पनि अगाडि बढ्नेछ । भारतले संयुक्त राज्य अमेरिकाबाट ५०० अर्ब डलरभन्दा बढीको ऊर्जा, प्रविधि, कृषि, कोइला र अन्य उत्पादनहरू खरिद गर्नेछ । मलाई विश्वास छ कि भविष्यमा भारत र संयुक्त राज्य अमेरिका बीचको सम्बन्ध अझ बलियो हुनेछ ।’

  • Related Posts

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    नेप्से आज गिरावट आएको छ । आज विहिबार नेप्से ३३. ८३ अंकले घटेर २८३३.०३ विन्दुमा पुगेर रोकिएको छ । आज ३४२ कम्पनिका २ करोड ७ लाख ४३ हजार ८८४ कित्ता…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 26 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 25 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 26 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 15 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 29 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि