अमेरिकी विदेश र रक्षामन्त्री बस्ने सैन्य आधारमाथि अज्ञात ड्रोन

अमेरिकाको राजधानी वासिङ्टनस्थित एक महत्वपूर्ण सैन्य आधारमाथि अज्ञात ड्रोन देखिएपछि सुरक्षा सतर्कता बढाइएको छ ।

अमेरिकी सञ्चारमाध्यम द वासिङ्टन पोस्ट का अनुसार उक्त ड्रोन फोर्ट लेस्ली म्याकनेयर सैन्य आधारमाथि देखिएका हुन् । सोही आधारभित्र अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रक्षामन्त्री पीट हेगसेथ बस्दै आएका छन् ।

घटनाबारे जानकारी राख्ने स्रोतहरूका अनुसार देखिएका ड्रोनको पहिचान हालसम्म हुन सकेको छैन भने ती कहाँबाट आएका हुन् भन्ने पनि स्पष्ट छैन ।

पछिल्लो समय इरानमाथि अमेरिकी र इजरायली आक्रमणका कारण सुरक्षा सतर्कता पहिले नै उच्च अवस्थामा रहेको छ । यहीबीच पछिल्ला १० दिनमा एक रात सो सैन्य आधारमाथि धेरै ड्रोन देखिएपछि सुरक्षा थप कडा बनाइएको छ । यस विषयमा ह्वाइट हाउसमा आकस्मिक बैठकसमेत बसेको जनाइएको छ ।

यसैबीच अमेरिकाले विश्वभर रहेका आफ्ना दूतावासहरूका लागि सुरक्षा चेतावनी जारी गरेको छ भने देशभित्रका विभिन्न सैन्य आधारमा सुरक्षा स्तर बढाइएको छ । केही आधारमा ‘चार्ली’ स्तरको सतर्कता लागू गरिएको छ, जसले सम्भावित खतरा रहेको संकेत गर्छ । ड्रोन देखिएपछि सम्बन्धित मन्त्रीहरूलाई अन्यत्र सार्ने विषयमा पनि छलफल भएको थियो । तर हालसम्म उनीहरूलाई स्थानान्तरण गरिएको छैन ।

सामान्यतया उच्च पदस्थ अधिकारीहरूको बसोबास स्थान गोप्य राखिने गरिन्छ । तर पछिल्लो समय सुरक्षा कारण देखाउँदै केही अधिकारीहरू सैन्य आधारमै बस्न थालेका छन् । यस घटनाले नयाँ प्रविधि प्रयोग भएका ड्रोनजस्ता जोखिमले सुरक्षा चुनौती अझ बढाएको देखिएको अधिकारीहरूको भनाइ छ । अमेरिकी रक्षा मन्त्रालयले भने यस विषयमा विस्तृत टिप्पणी गर्न अस्वीकार गरेको छ ।

  • Related Posts

    प्रमुख २० समाचार

    १- जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका नदी किनार तथा जोखिमयुक्त क्षेत्रका अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट एकै समयमा खाली गर्ने जानकारी दिएको छ । बुधबार सूचना जारी…

    अमेरिकाले ट्रम्पको तस्वीर राखिएको विशेष पासपोर्ट जारी गर्ने

    काठमाडौँ । अमेरिका आफ्नो स्वतन्त्रताको २५० औँ वर्षगाँठको अवसरमा राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्वीर राखिएको विशेष पासपोर्ट जारी गर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयले जानकारी दिँदै नयाँ डिजाइनका सीमित संस्करण…

    पहिलो

    प्रमुख २० समाचार

    काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

    • April 29, 2026
    • 15 views
    काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

    अमेरिकाले ट्रम्पको तस्वीर राखिएको विशेष पासपोर्ट जारी गर्ने

    • April 29, 2026
    • 20 views
    अमेरिकाले ट्रम्पको तस्वीर राखिएको विशेष पासपोर्ट जारी गर्ने

    कति छ महावीर पुनको सम्पत्ति ?

    • April 29, 2026
    • 21 views
    कति छ महावीर पुनको सम्पत्ति ?

    सिटौलालाई काँग्रेसको राष्ट्रिय सभाको संसदीय दलको नेताबाट हटाइयो, पन्त बनिन् नयाँ नेता

    • April 29, 2026
    • 18 views
    सिटौलालाई काँग्रेसको राष्ट्रिय सभाको संसदीय दलको नेताबाट हटाइयो, पन्त बनिन् नयाँ नेता

    विपक्षी दलहरुले भने- अध्यादेश ल्याउनु असंसदीय र अलोकतान्त्रिक कदम

    • April 29, 2026
    • 21 views
    विपक्षी दलहरुले भने- अध्यादेश ल्याउनु असंसदीय र अलोकतान्त्रिक कदम