मोरङ व्यापार संघले आज यहाँ अर्थतन्त्रको वर्तमान अवस्था, त्यसका कारण र समाधानका विषयमा सरोकारवालाबीच छलफल गरेको छ । आर्थिक दबाब, भुक्तानी सन्तुलनको अभाव र तरलताको अभावका कारण मुलुकको आर्थिक अवस्था संकटमा परेको भन्दै उद्योगीले अर्थतन्त्रको खस्कँदै गएको अवस्थामा सुधारका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याए । छलफलमा अर्थविद् डा भेषप्रसाद धमलाले घट्दै गएको विदेशी मुद्रा सञ्चिति, बढ्दो चुक्ता सन्तुलन घाटा, घट्दो रेमिट्यान्स, तरलताको अभाव र व्यापार घाटा जस्ता समस्यामा तत्काल सुधार गर्नुपर्नेमा जोड दिए । ‘अहिलेको अवस्थामा अर्थतन्त्रलाई सहज रुपमा चलाउन सरकारले प्रभावकारी भूमिका खेल्नुपर्छ’







