अर्थमन्त्री खनालको अमेरिकी उच्च पदस्थ अधिकारी र विभिन्न दातृनिकायसँग छलफल

काठमाडौँ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा अमेरिकामा रहेका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले अमेरिकी उच्च पदस्थ अधिकारी र विभिन्न दातृनिकायसँग छलफल गरेका छन् । 

यसक्रममा अर्थमन्त्री खनालले अमेरिकाको वाणिज्य प्रतिनिधिसँग नेपाल र अमेरिकाबीचको आपसी व्यापार र लगानी प्रवर्द्धनका विषयमा छलफल गर्नुका साथै नेपाल ट्रेड प्रेफेरेन्स प्रोग्रामको म्याद थप गर्न आग्रह गरेका छन् । त्यस्तै अर्थमन्त्री खनालको अमेरिकी स्टेट डिपार्टमेन्टका प्रतिनिधिसँग दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने लगायत आपसी हितका विषयमा संवाद भएको थियो । 

त्यसै गरी अर्थमन्त्री खनालले साउदी फन्ड र जापान सहयोग नियोग (जाइका) का प्रतिनिधिसँग छुटाछुट्टै भेटवार्ता गरी नेपालमा पूर्वाधार र मानव विकासका क्षेत्रमा लगानी बढाउन आग्रह गर्नुभयो। साउदी फन्डका प्रतिनिधिले नेपालमा सिंचाई र जलविद्युतमा फन्डको लगानी रहने जानकारी गराएका थिए । जापान सहयोग नियोगका प्रतिनिधिसँग विपी राजमार्ग पुनर्स्थापना, नागढुँगा सुरुङ मार्ग  र कोटेश्वर सेक्सन आयोजना छिटो अगाडि बढाउने लगायतका विषयमा छलफल भएको छ।

त्यस्तै अर्थ मन्त्री खनालले आजै अन्तर्राष्ट्रिय मुद्रा कोषका एशिया प्रसान्त हेर्ने निर्देशक कृष्णा श्रीनिभासनसँग कोषको सहयोगमा संचालित विस्तारित कर्जा कार्यक्रमको कार्यान्वयनलाई निरन्तरता दिने विषयमा छलफल गरेका थिए । 

सो अवसरमा नेपाल राष्ट्र बैंक ऐनमा गर्नुपर्ने संशोधन, वाणिज्य बैंकहरुको कर्जाको पोर्टफोलियो अध्ययन र वित्तीय स्थायित्व कायम गर्ने विषयमा दुवै पक्षबाट विचार आदान प्रदान भएको थियो । सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको समेत उपस्थिति थियो ।

  • Related Posts

    अमेरिकी सेनाका दोस्रो ठुलो अधिकारी बर्खास्त

    काठमाडौँ । अमेरिकाका नौसेना सचिव जोन फेलनलाई पदबाट हटाइएको छ । पेन्टागनले छोटो विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको भए पनि हटाउनुको स्पष्ट कारण खुलाएको छैन । मिडिया रिपोर्टका अनुसार…

    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना साउनदेखि चैतसम्म सम्ममा निर्यात व्यापार २ खर्ब २२ अर्ब बराबरको भएको छ ।  भन्सार विभागले सार्बजनिक गरेको रिपोर्टका अनुसार अघिल्लो आवको सोही अवधिमा…

    पहिलो

    बिदाका दिनमा पनि ओपिडी सेवा सञ्चालन गर्न सरकारलाई कांग्रेस महामन्त्री पौडेलको आग्रह

    • April 23, 2026
    • 27 views
    बिदाका दिनमा पनि ओपिडी सेवा सञ्चालन गर्न सरकारलाई कांग्रेस महामन्त्री पौडेलको आग्रह

    प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा उभियो 

    • April 23, 2026
    • 10 views
    प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा उभियो 

    अमेरिकी सेनाका दोस्रो ठुलो अधिकारी बर्खास्त

    • April 23, 2026
    • 22 views
    अमेरिकी सेनाका दोस्रो ठुलो अधिकारी बर्खास्त

    मन्त्रिपरिषद्को निर्णय ?

    • April 23, 2026
    • 21 views
    मन्त्रिपरिषद्को निर्णय  ?

    प्रतिबन्धित लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ-

    • April 22, 2026
    • 115 views
    प्रतिबन्धित लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ-

    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    • April 22, 2026
    • 18 views
    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ