प्रहरी प्रधान कार्यालयले स्थानीय तहको निर्वाचनका लागि सवा लाख म्यादी प्रहरीको माग गरेको छ।

यस विषयमा अर्थ मन्त्रालयसँग सघन छलफल चलिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

‘म्यादी प्रहरीको भर्नाका लागि संख्या निर्धारण भइरहेको छ, कम्तीमा सवा लाख म्यादी प्रहरी चाहिन्छ भन्ने हाम्रो अनुमान हो,’ प्रहरी महानिरीक्षकको सचिवालय स्रोतले भन्यो, ‘अहिले अर्थ मन्त्रालयसँग छलफल भइरहेको छ, चाँडै टुंगो लाग्छ भन्ने विश्वास लिएका छौं।’