यही पृष्ठभूमिमा हामीले राजधानीका केही त्यस्ता केही अस्पतालको स्थलगत अवलोकन गर्यौं, जहाँ कोरोना संक्रमितलाई उपचारका लागि छुट्टै वार्ड सञ्चालन गरिएको छ— टेकु अस्पताल, वीर अस्पताल र सिभिल अस्पताल ।
अस्पतालका कोभिड वार्डका शय्यामा केही बिरामी उपचाररत छन् । साथै फिभर क्लिनिकमा चाप निकै बढेको छ ।
नेपालको एकमात्र सरुवा रोग अस्पतालको रुपमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सोमबार पुग्दा आईसीयू र एचडीयू वार्डमा गरी ९ जना बिरामी भर्ना भएका थिए । जसमा ३ जना आईसीयूमा र ६ जना एचडीयूमा भर्ना भएको अस्पतालका सूचना अधिकारीले जानकारी दिए ।







