आज हरितालिका तीज पर्व मनाइदै

काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतियको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई वटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । 

  • Related Posts

    राप्रपा सिद्धिन्छ भन्ने सपना कसैले नदेखे हुन्छ- लिङदेन

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी समाप्त हुने वा सिध्याइने कल्पना नगर्न चेतावनी दिएका छन् । उनले राप्रपा धेरै कार्यकर्ताको रगत, पसिना र युवावस्था…

    पोखरा जादै पूर्व राजा ज्ञानेन्द्र

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा भ्रमणमा जाने भएका छन्। पूर्वराजा शाहको संवाद सचिवालयका अनुसार पूर्वरानी कोमल राज्यलक्ष्मी शाहसहित परिवारका सदस्य लिएर पूर्वराजा शाह यसै साता पोखरा भ्रमणमा जान लागेका…

    पहिलो

    राप्रपा सिद्धिन्छ भन्ने सपना कसैले नदेखे हुन्छ- लिङदेन

    • April 19, 2026
    • 20 views
    राप्रपा सिद्धिन्छ भन्ने सपना कसैले नदेखे हुन्छ- लिङदेन

    पोखरा जादै पूर्व राजा ज्ञानेन्द्र

    • April 19, 2026
    • 20 views
    पोखरा जादै पूर्व राजा ज्ञानेन्द्र

    उत्तर कोरियाको अर्को ब्यालिस्टिक क्षेप्यास्त्र

    • April 19, 2026
    • 19 views
    उत्तर कोरियाको अर्को ब्यालिस्टिक क्षेप्यास्त्र

    बीपी राजमार्गमा सवारी आवागमन अवरुद्ध

    • April 19, 2026
    • 20 views
    बीपी राजमार्गमा सवारी आवागमन अवरुद्ध

    वीरगन्जमा बिहानैदेखि चल्यो डोजर

    • April 19, 2026
    • 21 views
    वीरगन्जमा बिहानैदेखि चल्यो डोजर

    अमेरिकाले छोड्यो सिरिया

    • April 19, 2026
    • 19 views
    अमेरिकाले छोड्यो सिरिया