इजरायली रक्षामन्त्रीको चेतावनी- सबै बन्धकलाई रिहा गर्न हमास सहमत नभए गाजा ध्वस्त हुन्छ

काठमाडौँ । इजरायलका रक्षामन्त्री इजरायल काट्जले हमास हतियार बिसाउन र सबै बन्धकहरूलाई रिहा गर्न सहमत नभएमा गाजा शहर ध्वस्त हुने चेतावनी दिएका छन् ।

रक्षामन्त्री काट्जको यो चेतावनी यस्तो समयमा आएको हो जब इजरायली मन्त्रिपरिषद्ले व्यापक अन्तर्राष्ट्रिय र घरेलु विरोधको बाबजुद गाजा शहरमा ठूलो मात्रामा आक्रमण गर्ने योजनालाई अनुमोदन गरेको छ ।

रक्षामन्त्री काट्जले चेतावनी दिदै भनेका छन्- ‘यदि हमास सहमत भएन भने, गाजा शहर पनि रफाह र बेइत हानुन जस्तै भग्नावशेषमा परिणत हुनेछ ।’

इजरायली सैन्य कारबाहीबाट दुवै शहरहरू लगभग पूर्ण रूपमा ध्वस्त भएका छन् । गत महिना, नेतान्याहूले युद्धविराम र बन्धक रिहाइमा अप्रत्यक्ष वार्ता असफल भएपछि गाजाको नियन्त्रण लिने नयाँ योजनाको घोषणा गरेका छन् ।

यसैबीच कतारका अनुसार, हमासले कतारी र इजिप्टका मध्यस्थकर्ताहरूले तयार पारेको ६० दिने युद्धविराम प्रस्ताव स्वीकार गरेको छ । यस प्रस्तावमा गाजामा बाँकी रहेका आधा बन्धकहरूको रिहाइ समावेश छ ।

यद्यपि, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बन्धकहरूको रिहाइसँगै ‘इजरायललाई स्वीकार्य सर्तहरू’ मा गाजा युद्ध अन्त्य गर्न वार्ताको निर्देशन दिएको बताएका छन् ।

  • Related Posts

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    काठमाडौँ । ईरानका सर्वोच्च नेता आयातुल्ला अली खामेनीको मृत्यु भएको करिब चार महिनापछि उनको अन्त्येष्टि गरिने भएको छ । उनको अन्तिम इच्छा अनुसार उनलाई पवित्र धार्मिक शहर मशहदमा रहेको इमाम…

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने बहसलाई नयाँ रूपमा अघि सारेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा कृत्रिम बौद्धिकता…

    पहिलो

    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    • June 4, 2026
    • 29 views
    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    आजको मौसम पूर्वानुमान ?

    • June 4, 2026
    • 26 views
    आजको मौसम पूर्वानुमान ?

    पार्टी बनाउदै धवलशमशेर

    • June 4, 2026
    • 25 views
    पार्टी बनाउदै धवलशमशेर

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    • June 4, 2026
    • 28 views
    मृत्यु भएको  चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    सशस्त्रका असई र एक युवती वनमा मृत फेला

    • June 3, 2026
    • 29 views
    सशस्त्रका असई र एक युवती  वनमा मृत फेला

    आजको राशिफल

    • June 3, 2026
    • 31 views
    आजको राशिफल