किमको उपस्थितिमा उत्तर कोरियाद्वारा दुई नयाँ क्षेप्यास्त्र परीक्षण

काठमाडौँ । उत्तर कोरियाले दुई नयाँ हवाई रक्षा क्षेप्यास्त्र परीक्षण गरेको छ ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएका अनुसार, यो परीक्षण नेता किम जोङ-उनको निरीक्षणमा गरिएको थियो ।

केसीएनएले प्राविधिक विवरणहरू साझा नगरी यी हतियारहरूमा ‘उत्कृष्ट लडाई क्षमता’ छ र तिनीहरूमा ‘विशेष प्रविधि’ प्रयोग गरिएको उल्लेख गरेको छ ।

एजेन्सीले परीक्षणले दुवै क्षेप्यास्त्रहरू ड्रोन र क्रूज क्षेप्यास्त्रहरू सहित विभिन्न हवाई लक्ष्यहरूलाई नष्ट गर्न सक्षम रहेको दाबि गरेको छ ।

यो क्षेप्यास्त्र परीक्षण त्यस्तो समयमा गरिएको थियो जब दक्षिण कोरियाले मंगलबार सीमा पार गर्ने उत्तर कोरियाली सैनिकहरूमाथि चेतावनी गोली चलाएको थियो । योनहाप एजेन्सीका अनुसार, लगभग ३० उत्तर कोरियाली सैनिकहरूले केही समयको लागि डिमिलिटराइज्ड जोन पार गरेपछि गोली चलाएको जनाएको छ ।

  • Related Posts

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    काठमाडौँ । ईरानका सर्वोच्च नेता आयातुल्ला अली खामेनीको मृत्यु भएको करिब चार महिनापछि उनको अन्त्येष्टि गरिने भएको छ । उनको अन्तिम इच्छा अनुसार उनलाई पवित्र धार्मिक शहर मशहदमा रहेको इमाम…

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने बहसलाई नयाँ रूपमा अघि सारेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा कृत्रिम बौद्धिकता…

    पहिलो

    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    • June 4, 2026
    • 30 views
    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    आजको मौसम पूर्वानुमान ?

    • June 4, 2026
    • 28 views
    आजको मौसम पूर्वानुमान ?

    पार्टी बनाउदै धवलशमशेर

    • June 4, 2026
    • 27 views
    पार्टी बनाउदै धवलशमशेर

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    • June 4, 2026
    • 30 views
    मृत्यु भएको  चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    सशस्त्रका असई र एक युवती वनमा मृत फेला

    • June 3, 2026
    • 30 views
    सशस्त्रका असई र एक युवती  वनमा मृत फेला

    आजको राशिफल

    • June 3, 2026
    • 31 views
    आजको राशिफल