इरानमा सैन्य हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

काठमाडौँ । इरानमा सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।

मंगलबार इरानको इस्फहान प्रान्तको फलफूल र तरकारी बजारमा सैनिक हेलिकप्टर दुर्घटना हुदा पाइलट र सह-पाइलटसहित चार जनाको मृत्यु भएको छ ।

इरानी सरकारी टिभीका अनुसार, सैन्य हेलिकप्टर प्रशिक्षण अभियानमा थियो। दुर्घटनापछि बजार क्षेत्रबाट धुवाँ उडेको थियो र घटनास्थल वरिपरि भग्नावशेष छरिएको थियो ।

फार्स समाचार एजेन्सीका अनुसार, बजारमा उपस्थित दुई नागरिकको पनि मृत्यु भएको छ । यो एक हप्ता भित्र इरानमा दोस्रो सैन्य विमान दुर्घटना हो । यसअघि, पश्चिमी शहर हमेदान नजिकै एफ-४ लडाकु विमान दुर्घटनाग्रस्त भएको थियो, जसमा एक पाइलटको मृत्यु भएको थियो ।

इरानको सैन्य र व्यावसायिक उड्डयन फ्लीट धेरै पुरानो छ । पश्चिमी प्रतिबन्धहरूले स्पेयर पार्ट्सको आपूर्तिलाई रोकेको छ, जसले गर्दा मर्मतसम्भार र सञ्चालन प्रभावित भएको छ ।

  • Related Posts

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित (इन्ट्याक्ट) राख्दै शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव दिएका छन् । प्रधानमन्त्री…

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति तर्जुमा गर्ने तयारीका क्रममा सरोकारवाला पक्षबाट राय तथा सुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा…

    पहिलो

    नेवाः पत्रकार राष्ट्रिय दबू द्वारा १० देशमा विदेश शाखा प्रमुख नियुक्त-

    • June 7, 2026
    • 78 views
    नेवाः पत्रकार राष्ट्रिय दबू द्वारा १० देशमा विदेश शाखा प्रमुख नियुक्त-

    नेशनल मेडिकल कलेजको सहयोगमा सखुवा प्रसौनीमा स्वास्थ्य शिविर, ४ सय ८२ लाभान्वित तथा सहकार्य सम्झौता सम्पन्न-

    • June 7, 2026
    • 50 views
    नेशनल मेडिकल कलेजको सहयोगमा सखुवा प्रसौनीमा स्वास्थ्य शिविर, ४ सय ८२ लाभान्वित तथा सहकार्य सम्झौता सम्पन्न-

    घटनाको २५ वर्ष पछि पक्राउ परे, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी-

    • June 7, 2026
    • 64 views
    घटनाको २५ वर्ष पछि पक्राउ परे, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी-

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    • June 5, 2026
    • 57 views
    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन  खिलराज रेग्मीको सुझाव

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    • June 5, 2026
    • 39 views
    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    • June 5, 2026
    • 45 views
    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन