काठमाडौँ । ईरानले फेरि इजराइलतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । यसपछि इजराइलका विभिन्न क्षेत्रमा फेरि सतर्कता जारी गरिएको छ र नागरिकलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ ।

प्रारम्भिक जानकारी अनुसार क्षेप्यास्त्रहरू हावामै रोकिएको वा नष्ट गरिएकोबारे स्पष्ट विवरण सार्वजनिक भएको छैन । घटनापछि सुरक्षा निकायहरूले अवस्थाको निगरानी गरिरहेका छन् र थप विवरण आउन बाँकी रहेको जनाइएको छ ।
यसअघि इरानले इजरायलले लेबनानमाथि आक्रमण नरोकेको भन्दै मिसाइल आक्रमण गरेको थियो र त्यसलाई इजरायलले असफल बनाएको दाबि गरेको थियो । त्यसपछि इजरायलले इरानमा गरेको मिसाइल आक्रमणमा इरानका विभिन्न शहरमा विस्फोट भएको थियो ।








