इरान संकटबीच कच्चा तेलको मूल्य १०० डलर नाघ्यो

मध्यपूर्वमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १०० डलर प्रति ब्यारेलभन्दा माथि पुगेको छ । विश्व बजारको प्रमुख सूचक ब्रेन्ट कच्चा तेलको मूल्य आइतबार बजार खुल्नेबित्तिकै तीव्र रूपमा बढेर १०० डलर पार पुगेको हो ।

सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि पहिलो पटक तेलको मूल्य यति उच्च पुगेको छ ।

अमेरिका र इजरायलले ईरानमाथि आक्रमण गरेपछि फारसको खाडीस्थित होर्मुज जलमार्गबाट जहाज आवतजावत लगभग ठप्प भएको छ । यही मार्गबाट विश्वको करिब २० प्रतिशत तेल र तरलीकृत प्राकृतिक ग्यास ढुवानी हुने गर्छ । मार्ग अवरुद्ध भएपछि बजारमा तेल आपूर्तिबारे चिन्ता बढेको छ ।

आक्रमणअघि कच्चा तेलको मूल्य करिब ७० डलर प्रति ब्यारेल थियो । त्यसपछि केही दिनमै मूल्य बढेर ८० डलर पुगेको थियो भने शुक्रबारसम्म आइपुग्दा करिब ९३ डलर पुगेको थियो। त्यसपछि बजार पुनः खुल्दा मूल्य अझ बढेर १०९ डलर नजिक पुगेको बताइएको छ ।

ईरानको रिभोल्युसनरी गार्डले होर्मुज जलमार्ग बन्द भएको घोषणा गरेपछि धेरै जहाज मालिकहरूले जोखिमका कारण जहाज सञ्चालन गर्न हिच्किचाएका छन्। यसैबीच जहाज बिमा खर्च पनि तीव्र रूपमा बढेको छ ।

अमेरिकाले जहाजलाई सुरक्षा र बिमा सहयोग दिने प्रस्ताव गरेको भए पनि आवश्यक बिमा रकम अत्यधिक भएकाले समस्या समाधान हुन सकेको छैन ।

तनावका बीच बहराइन, कुवेत, कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्सका तेल प्रशोधन केन्द्र र ग्यास संरचनामा पनि आक्रमण भएको जनाइएको छ । यसले ऊर्जा पूर्वाधारमा क्षति पुग्ने जोखिम बढाएको छ ।

विशेषज्ञहरूका अनुसार होर्मुज जलमार्ग लामो समय बन्द रहे विश्व बजारमा दैनिक करिब दुई करोड ब्यारेल तेल आपूर्ति अवरुद्ध हुन सक्छ। यस्तो अवस्थामा वैकल्पिक मार्ग र आपतकालीन भण्डार प्रयोग गरेर केही आपूर्ति व्यवस्थापन गर्न सकिए पनि विश्व बजारमा तेल अभावको समस्या बढ्ने सम्भावना रहेको विश्लेषण गरिएको छ

  • Related Posts

    किमले आफ्नी छोरीलाई उत्तराधिकारीको रुपमा तयार गर्दै

    काठमाडौँ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनकी छोरी किम जु ए पछिल्ला दिनहरूमा पश्चिमी शैलीका महँगा पहिरनका कारण चर्चामा आएकी छन् । उत्तर कोरियामा यस्ता पहिरनलाई ‘विद्रोह’को प्रतीक…

    पत्रकार र समाचार संस्थालाई सहयोग गर्न अस्ट्रेलियाले मेटा, गुगल र टिकटकलाई कर लगाउने

    काठमाडौँ । अष्ट्रेलिया सरकारले मेटा, गुगल र टिकटकजस्ता ठूला डिजिटल कम्पनीमाथि कर लगाउने प्रस्ताव अघि सारेको छ । पत्रकार र समाचार संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यसहित यस्तो व्यवस्था ल्याउन…

    पहिलो

    बालेनको राजीनामा मागिरहेका:हर्क साम्पाङ

    • April 30, 2026
    • 1 views
    बालेनको राजीनामा मागिरहेका:हर्क साम्पाङ

    किमले आफ्नी छोरीलाई उत्तराधिकारीको रुपमा तयार गर्दै

    • April 30, 2026
    • 6 views
    किमले आफ्नी छोरीलाई उत्तराधिकारीको रुपमा तयार गर्दै

    पत्रकार र समाचार संस्थालाई सहयोग गर्न अस्ट्रेलियाले मेटा, गुगल र टिकटकलाई कर लगाउने

    • April 30, 2026
    • 8 views
    पत्रकार र समाचार संस्थालाई सहयोग गर्न अस्ट्रेलियाले मेटा, गुगल र टिकटकलाई कर लगाउने

    अध्यादेशका विषयमा संबिधानविदहरुसँग छलफल गर्दै

    • April 30, 2026
    • 7 views
    अध्यादेशका विषयमा संबिधानविदहरुसँग छलफल गर्दै

    वुमेन्स च्यालेन्ज ट्रफीमा नेपालले आज भानुआटुसँग भिड्दै

    • April 30, 2026
    • 16 views
    वुमेन्स च्यालेन्ज ट्रफीमा नेपालले आज भानुआटुसँग भिड्दै

    रोनाल्डो र कोम्यानको गोलमा अल नासर विजयी

    • April 30, 2026
    • 6 views
    रोनाल्डो र कोम्यानको गोलमा अल नासर विजयी