नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ दलले चुनावमा पनि वर्तमान गठबन्धनलाई निरन्तरता दिने संकेत गरेका छन् । बिहीबार वीरगन्जमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनलाई गलत ढंगले नमिलाउन पनि नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।







