युक्रेनमाथि समग्र विश्व समुदायले सहानुभूति देखाए पनि महत्वपूर्ण अवस्थामा भने युक्रेनले रुसको भयानक आक्रमणको एक्लै सामना गरिरहेको छ। शुक्रबार युक्रेनका राष्ट्रपतिले रुसी सेना राजधानीमा प्रवेश गरिसकेको बताएका छन्। उनले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको याचना पनि गरेका छन्।
तर, अमेरिका, इयू तथा अन्य मुलुकले युक्रेनको युद्धमा सैन्य तथा रक्षा सहयोग भने गरेका छैनन्।
युक्रेनका राष्ट्रपतिले पनि युद्धको कठिन परिस्थितिमा आफ्नो सहयोग नगरेको भन्दै अमेरिकाको आलोचना गरेका छन्।
अमेरिकाले अबको ९६ घण्टामा किभ अब रुसको कब्जामा आउन सक्ने भन्दै चिन्ता व्यक्त गरिरहेको छ। तर, उसले युक्रेनको सुरक्षामा अघि आउने विषयमा भने केही बोलेको छैन।







