एसिटीमाथिको पहिलो खेलमा नेपाल ४१ रनले विजयी

एसिटीमाथिको पहिलो खेलमा नेपाल ४१ रनले विजयी

काठमाडौँ । नेपालले क्रिकेट एसिटीमाथि ४१ रनको जित हासिल गरेको छ ।नेपालले दिएको १७८ रनको लक्ष्य पछाएको क्रिकेट एसिटीले १७.२ ओभरमा अल आउट हुदै १३६ रन मात्र बनाएको थियो । नेपालको जितमा सन्दीप लामिछानेले ४ ओभरमा ३१ रन दिएर ह्याट्रिकसहित ५ विकेट लिएका थिए भने करण केसीले २ तथा कुशल भुर्तेल र रुपेश सिंहले समान १ विकेट लिएका थिए ।यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएको हो ।नेपालका लागि आसिफ सेखले सर्बाधिक ६९ रन बनाए भने कप्तान रोहित पौडेलले ३६, आरिफ सेखले २४ रन बनाएका थिए ।नेपाली क्रिकेट टिमले आइसीसी टी-२० विश्वकप एसिया- इएपी छनौट को तयारीका लागि यी अभ्यास खेल खेलेको क्यानले बताएको छ ।नेपाली टिमले अस्ट्रेलिया क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग अभ्यास खेल खेल्न लागेको हो । नेपाली टीमले क्रिकेट एसिटीसँग आज दुई टी-२० खेल्दै छ । नेपालले आजै दोस्रो खेक बिहान ९: ४५ बजेदेखि शुरु हुने क्यानले जानकारी दिएको छ ।त्यस्तै साउथ अस्ट्रेलियासँग अगस्त २८ मा दुई टी-२० खेल्ने छ, जुन बिहान ५: ४५ र ९: ४५ बजेदेखि शुरु हुने छ । त्यस्तै अगस्त ३० मा साउथ अस्ट्रेलियासँग एक एकदिवसीय खेल खेल्ने क्यानले जनाएको छ, जुन खेल नेपाली समय अनुसार बिहान ५: ४५ बजेदेखि शुरु हुदैछ ।

  • Related Posts

    आजको मौसम पूर्वानुमान ?

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालको पश्चिम भू-भाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्युन चापीय प्रणाली तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल गण्डकी…

    पार्टी बनाउदै धवलशमशेर

    काठमाडौँ । नयाँ पार्टी बनाउने तयारीमा रहेका राप्रपा महामन्त्री डा. धवलशमशेर राणाले जेनजी एलायन्स फर मोनार्कसँग छलफल गरेका छन् । राणाले बुधबार बलियो राष्ट्रवादी शक्ति निर्माण गर्न जेनजी एलायन्ससँग छलफल…

    पहिलो

    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    • June 4, 2026
    • 34 views
    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    आजको मौसम पूर्वानुमान ?

    • June 4, 2026
    • 30 views
    आजको मौसम पूर्वानुमान ?

    पार्टी बनाउदै धवलशमशेर

    • June 4, 2026
    • 29 views
    पार्टी बनाउदै धवलशमशेर

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    • June 4, 2026
    • 32 views
    मृत्यु भएको  चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    सशस्त्रका असई र एक युवती वनमा मृत फेला

    • June 3, 2026
    • 32 views
    सशस्त्रका असई र एक युवती  वनमा मृत फेला

    आजको राशिफल

    • June 3, 2026
    • 35 views
    आजको राशिफल