औद्योगिक प्रदर्शनी सम्पन्न

सिमकोट (हुम्ला), १३ असार : स्थानीय उत्पादनको बजारीकरण तथा प्रसारप्रचार गर्ने उद्देश्यले सदरमुकाम सिमकोटमा पहिलोपटक आयोजना भएको औद्योगिक प्रदर्शनी बुधबारसम्पन्न भएको छ ।

प्रदर्शनीमा जिल्लामा उत्पादित राडीपाखी, स्थानीय कच्चा पदार्थबाट बनेका लिउ, फेरुवा, कोट, पाखो, गुन्युचोलो, घागर, रातो काम्लो, शिल्पकारले बनाएका ढाल, तरबार, तारे चुकबाट बनेका पेय, फापर, चिनोबाट बनाइका बिस्कुटलगायत सामग्री राखिएको थियो ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले आयोजना गरेको प्रदर्शनीमा ३७ उद्यमीले आफ्ना उत्पादन राखेका उक्त कार्यालयका प्रमुख प्रदीपकुमार रेग्मीले बताउनुभयो । प्रदर्शनमा खाद्य, पेय, र सिलाइबुनाइसहित तीन विधामा उत्कृष्ट उत्पान गरेकालाई पुरस्कृत गरिएको थियो ।

खाद्य तथा पेय प्रदर्शनीमा सुर्वण सिमकोट खाद्य उद्योग प्रथम, बागजुर चिया तथा नर्सरी फलफूल उद्योग दोस्रो, विष्णुदेव कृषि फार्म तृतीय र सञ्जय कृषि खाद्य उद्योगले सान्त्वना पुरस्कार पाएका उहाँले जानकारी दिनुभयो । भएको जानकारी प्राप्त भएको छ । प्रदर्शनीमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्नेलाई क्रमशः रु दश हजार, छ हजार, तीन हजार र एक हजार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

  • Related Posts

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    काठमाडौँ । इन्डोनेसियाको कालिमन्तन प्रान्तमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अधिकारीहरूका अनुसार हेलिकोप्टर बिहीबार बिहान प्लान्टेशन क्षेत्रबाट उडेको केही ५…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 30 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 27 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 28 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 18 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 32 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि