काँग्रेसको सभापतिबाट गगन थापाको राजीनामा

नेपाली काँग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । प्रतिनिधि सभाको निर्वाचनमा पार्टीको पराजयको नैतिक जिम्मेवारी लिदै थापाले उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा बुझाएका हुन् ।

कांग्रेसको केन्द्रीय समितिको बैठक शुक्रबार बस्ने मिति तय भएपछि थापाले राजीनामा दिएका हुन् । यद्यपी राजीनामा अझै सार्बजनिक गरिएको छैन । 

यसअघि थापाले राजीनामा दिन गरेको प्रस्तावप्रति उपसभापति शर्माले राजीनामा नदिन सुझाव दिएका थिए ।

अब सभापति थापाको राजीनामाको स्वीकृत गर्ने नगर्ने निर्णय केन्द्रीय समितिले गर्ने छ । कांग्रेसको विधानमा केन्द्रीय सभापतिले राजीनामा दिन चाहेमा उपसभापतिमार्फत केन्द्रीय कार्यसमितिमा राजीनामा प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेको छ । काँग्रेसको विधानको धारा २६ मा केन्द्रीय सभापतिको राजीनामाको व्यवस्था गरिएको छ ।

केन्द्रीय कार्यसमितिले राजीनामा स्वीकृत गरेमा उपसभापतिले कार्यवाहक सभापति भई कार्यभार सम्हाल्ने र छ महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाई केन्द्रीय सभापतिको निर्वाचन गरिने विधानमा व्यवस्था रहेको छ ।

गत पौष २७ गतेदेखि ३० गतेसम्म भएको कांग्रेस विशेष महाधिवेशनमा थापा निर्विरोध सभापति बनेका थिए । थापाको नेतृत्वमा नयाँ समिति निर्वाचित भएपछि विवादका बीच निर्वाचन आयोगले मान्यता दिएको थियो । तर संस्थापन पक्षबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन अवैधानिक भएको भन्दै दायर भएको रिट सर्वोच्च अदालतमा सुनुवाईकै क्रममा रहेको छ ।

  • Related Posts

    सांसद बिश्वराज पोखरेलको मान मर्यादामा आघात पुगेको भन्दै विद्यालयले माग्यो माफी

    विराटनगर । रास्वपा सांसद बिश्वराज पोखरेललाई स्वागत नगरेको  प्रकरणमा विद्यालयले माफी मागेको छ ।  ओखलढुंगाको खिजीदेम्बा गाँउपालिका-२ रगनीस्थित चण्डेश्वरी माध्यमिक विद्यालय ल अध्यक्ष टेक बहादुर बुढाथोकी र प्रधानाध्यापक सन्त बहादुर मगरले…

    अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

    काठमाडौँ । नेपाली कांग्रेसले संसद् स्थगित गरेर अध्यादेशमार्फत कानुन निर्माण गर्ने सरकारको कदमप्रति गम्भीर आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता देवराज चालीसेले विज्ञप्ति जारी गर्दै यस्तो अभ्यास लोकतान्त्रिक मूल्य, संसदीय…

    पहिलो

    चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब र आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने प्रक्षेपण

    • April 28, 2026
    • 22 views
    चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब र आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने प्रक्षेपण

    सांसद बिश्वराज पोखरेलको मान मर्यादामा आघात पुगेको भन्दै विद्यालयले माग्यो माफी

    • April 28, 2026
    • 21 views
    सांसद बिश्वराज पोखरेलको मान मर्यादामा आघात पुगेको भन्दै विद्यालयले माग्यो माफी

    बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा

    • April 28, 2026
    • 22 views
    बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा
    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

    • April 28, 2026
    • 20 views
    अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

    नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ

    • April 28, 2026
    • 24 views
    नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ