आज साेमवार भएको खेलमा आयोजक तथा साविक विजेता सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबलाई दुई–एक गोल अन्तरले हराउँदै हिमालयन अन्तिम चारमा पुगेको हो ।
प्रतिस्पर्धात्मक खेलमा हिमालयनलाई जिताउन पिस्टन मुटाम्बा र सुरेश कुमालले एक–एक गोल गरे । खेलको ३४ औँ मिनेटमा पिस्टनले गोल गर्दै हिमालयनलाई अग्रता दिलाए । ५५ औँ मिनेटमा सुरेशले गोल गरेपछि हिमालयन दुई–शून्यले अघि रह्यो । त्यसपछि खेलको ६७ औँ मिनेटमा सुदूरपश्चिमका विवेक पण्डितले आत्मघाती गोल गरेपछि हिमालयन दुई–एकले विजयी भयो ।
प्रतियोगिताअन्तर्गत भाेलि मङ्गलवार मच्छिन्द्र क्लब र बाग्मती युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।







