गगन नेतृत्वको

विशेष महाधिवेशनबाट छानिएको नेपाली काँग्रेसको नयाँ कार्यसमितिको बैठक शुरु भएको छ ।

केन्द्रीय समितिको बैठक ललितपुरको कुपण्डोलस्थित एक पार्टी प्यालेसमा शुरु भएको छ ।  

गएराती घोषणा भएको केन्द्रीय समितिको बैठक आज शुरु भएको हो । शेरबहादुर देउवा पक्षको विरोधका बाबजुत गएराती विशेष महाधिवेशन सम्पन्न भएपछि अब आधिकारिक काँग्रेस कुन समुह हो भन्ने विवाद बढ्ने देखिएको छ । विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको काँग्रेसले आज केन्द्रीय समितिको बैठकपछि निर्वाचन आयोगमा पार्टी अध्यावधिक गर्न निवेदन दिने बताइएको छ ।

यसअघि विशेष महाधिवेशन पक्षले बन्दसत्रमा कार्यवधि पारित हुनासाथ निर्वाचन आयोगलाई जानकारी दिएको थियो भने बुधबार देउवा पक्षले केन्द्रीय समितिको बैठक राखेर तत्कालिन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच बर्षका लागि पार्टीबाट निष्काशित गरेको थियो । अब अध्यावधिकको निवेदन गएपछि निर्वाचन आयोगले काँग्रेसको आधिकारिकता बारे निर्णय गर्ने छ ।    

  • Related Posts

    आजको मौसम पूर्वानुमान ?

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालको पश्चिम भू-भाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्युन चापीय प्रणाली तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल गण्डकी…

    पार्टी बनाउदै धवलशमशेर

    काठमाडौँ । नयाँ पार्टी बनाउने तयारीमा रहेका राप्रपा महामन्त्री डा. धवलशमशेर राणाले जेनजी एलायन्स फर मोनार्कसँग छलफल गरेका छन् । राणाले बुधबार बलियो राष्ट्रवादी शक्ति निर्माण गर्न जेनजी एलायन्ससँग छलफल…

    पहिलो

    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    • June 4, 2026
    • 60 views
    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    • June 4, 2026
    • 37 views
    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    आजको मौसम पूर्वानुमान ?

    • June 4, 2026
    • 31 views
    आजको मौसम पूर्वानुमान ?

    पार्टी बनाउदै धवलशमशेर

    • June 4, 2026
    • 30 views
    पार्टी बनाउदै धवलशमशेर

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    • June 4, 2026
    • 33 views
    मृत्यु भएको  चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    सशस्त्रका असई र एक युवती वनमा मृत फेला

    • June 3, 2026
    • 33 views
    सशस्त्रका असई र एक युवती  वनमा मृत फेला