ग्रीनल्याण्ड बारे डेनमार्क र अमेरिकाबीच ह्वाइटहाउसमा छलफल

काठमाडौँ । ग्रीनल्याण्डको विषयमा डेनमार्क र अमेरिकाबीच ह्वाइटहाउसमा छलफल भएको छ ।

डेनमार्कका विदेशमन्त्री लार्स लोक्के रासमुसेनको नेतृत्वमा ह्वाइटहाउस पुगेको डेनमार्कको टिमले अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोसँग ग्रीनल्याण्ड बारे छलफल गरेका हुन् ।

डेनमार्कका विदेशमन्त्री रासमुसेनले ग्रिनल्याण्डको सम्बन्धमा डेनमार्कको संयुक्त राज्य अमेरिकासँग ‘मौलिक असहमति’ रहेको बताएका छन् । बैठकमा ग्रिनल्याण्डका विदेशमन्त्री भिभियान मोट्जफेल्ड पनि बैठकमा उपस्थित थिए ।

रासमुसेनले उपराष्ट्रपति जे.डी. भान्स र विदेशमन्त्री मार्को रुबियोसँग खुला कुराकानी भएको र बैठक रचनात्मक भएको बताए । यद्यपि, रासमुसेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ग्रिनल्याण्डलाई समावेश गर्ने जिद्दी पूर्ण रूपमा अस्वीकार्य भएको बताए । उनले भने- ‘हामीले यो डेनमार्कको हितमा छैन भनेर स्पष्ट पारेका छौं ।’

अमेरिका, डेनमार्क र ग्रिनल्याण्ड बीचको लगभग एक घण्टाको बैठकले कुनै नतिजा भने ननिकालेको बताइएको छ । यद्यपि, सबै पक्षहरूले ग्रिनल्याण्डको भविष्यको बारेमा छलफल गर्न उच्च-स्तरीय कार्य समूह गठन गर्ने कुरामा सहमति जनाएका छन् । रासमुसेनले अमेरिकाले पार गर्न नसक्ने सीमाहरू रहेको बताउदै सम्झौतामा पुग्ने प्रयास गर्न आगामी हप्ताहरूमा एक कार्यदलको बैठक हुने बताए ।

उनले डेनमार्क र ग्रीनल्याण्ड अमेरिकाले ग्रीनल्याण्डमा थप सैन्य अड्डाहरू स्थापना गर्ने सम्भावनाको लागि खुला रहेको बताए ।

ट्रम्पले हालैका दिनहरूमा अमेरिकालाई ग्रीनल्याण्डमा गाभ्न दबाब दिइरहेका छन्। उनले यस सम्बन्धमा धेरै बयान दिएका छन् । उनले यदि ग्रीनल्याण्ड अमेरिकामा सामेल भएन भने, रूस र चीनले यसलाई कब्जा गर्ने बताउदै आएका छन् ।

ग्रीनल्याण्ड र डेनमार्कले ट्रम्पको अडानको विरोध गरेका छन् । केही युरोपेली देशहरूले पनि डेनमार्कलाई आफ्नो समर्थन व्यक्त गरेका छन् ।

  • Related Posts

    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड का १०० जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। समितिले जेठ २० गतेको निर्णयअनुसार उक्त नामावली सार्वजनिक…

    आजको मौसम पूर्वानुमान ?

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालको पश्चिम भू-भाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्युन चापीय प्रणाली तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल गण्डकी…

    पहिलो

    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    • June 4, 2026
    • 60 views
    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    • June 4, 2026
    • 37 views
    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    आजको मौसम पूर्वानुमान ?

    • June 4, 2026
    • 31 views
    आजको मौसम पूर्वानुमान ?

    पार्टी बनाउदै धवलशमशेर

    • June 4, 2026
    • 30 views
    पार्टी बनाउदै धवलशमशेर

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    • June 4, 2026
    • 33 views
    मृत्यु भएको  चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    सशस्त्रका असई र एक युवती वनमा मृत फेला

    • June 3, 2026
    • 33 views
    सशस्त्रका असई र एक युवती  वनमा मृत फेला