त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको टार्माकमा पार्किङ गरेको विमानमा बिना कागजात चढेर तीन तहको सुरक्षा घेरामा घुसेर सोमबार भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले शुक्रबार नौ सदस्यीय छानबिन समिति गठन गरेको छ ।देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको कडा सुरक्षामा रहेकाले सोमबारको घटनाले ती व्यक्तिले तीन तहको सुरक्षालाई उलंघन गरी संवेदनशील नोगो जोनमा कसरी पुग्न सफल भयो भनेर सबैलाई अचम्ममा पारेको छ । पक्राउ परेका व्यक्ति रौतहटका हसपाम आलम रहेको प्रहरीले जनाएको छ । घटनाको चार दिनपछि गृह मन्त्रालयले समिति गठन गरेको हो । अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईको संयोजकत्वमा गठित समितिलाई प्रतिवेदन बुझाउन सात दिनको समय दिइएको छ







