गैँडाकोटका बाढीपीडित परिवारलाई खाद्यान्न सहयोग

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) गैँडाकोट-२ का बाढीपीडित परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति नवलपुर र उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको संयुक्त आयोजनामा आज बिहान एक सय ३० बाढीपीडित परिवारलाई खाद्यान्न सहयोग गरिएको हो ।

गत असोज १२ गते नारायणी नदीमा आएको बाढीका कारण यहाँका एक सय ३० परिवार प्रभावित भएका थिए । उनीहरूलाई दसैँ मनाउन सहज होस् भनी खाद्यान्न सहयोग गरिएको उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले बताए । सबैको घरमा दशैको रमाइलो भइरहेको अवस्थामा बाढीपीडितलाई खाद्यान्नसमेत नभएका कारण सहयोग गरिएको उनको भनाइ छ ।

भट्टचनका अनुसार बाढीपीडितलाई प्रति परिवार आठ किलो पाँच सय ग्राम चामल, दुई किलो मुसुरोको दाल, एक लिटर सूर्यमुखीको तेल र सात प्याकेट चाउचाउ दिइएको छ । एक सय ३० परिवारलाई रु. चार लाख बराबरको खाद्य सामग्री सहयोग गरिएको भट्टचनले बताए । खाद्य सामग्री जय श्री फुड्स प्रालि एवम् गैरआवासीय नेपाली संघका प्रतिनिधिले सहयोग गरेको उनले जानकारी दिए ।

नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले गैँडाकोटका बाढीपीडितको बारेमा ढिला जानकारी प्राप्त गर्दा राहत सामग्री वितरणमा ढिलाइ भएको बताए । “यहाँको अवस्थाका बारेमा हामीलाई ढिला जानकारी भयो, हालसम्म जिल्लाका धेरै बाढीपीडितलाई खाद्यान्न सहयोग भइसकेको छ”, उनले भने, “बाढीपीडितको नागरिकतालगायतका महत्वपूर्ण कागजपत्र बाढीले बगाएको जानकारी भएको छ, त्यसबारे सहजीकरण गर्नेछु ।”

  • Related Posts

    गैरीगाउँ क्षेत्रमा पनि डोजर चलाउन शुरु

    काठमाडौँ  । थापाथलीस्थित बागमती नदी किनाराका घर टहरा खाली गरेर भत्काएपछि काठमाडौँको गैरीगाउँ क्षेत्रमा पनि डोजर चलाउन शुरु गरिएको छ । सो क्षेत्रमा यसअघि नै खाली गराउन माइकिङ गरिएको थियो…

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बस्ने पाल्पा…

    पहिलो

    गैरीगाउँ क्षेत्रमा पनि डोजर चलाउन शुरु

    • April 25, 2026
    • 26 views
    • April 25, 2026
    • 23 views

    थापाथलीस्थित बस्तिका घरवारविहीन बताउने १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग पुर्याइयो

    • April 25, 2026
    • 24 views
    थापाथलीस्थित बस्तिका घरवारविहीन बताउने १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग पुर्याइयो

    इरानका विदेशमन्त्री अराघची र पाकिस्तानी सेना प्रमुख मुनीरबीच भेटवार्ता

    • April 25, 2026
    • 23 views
    इरानका विदेशमन्त्री अराघची र पाकिस्तानी सेना प्रमुख मुनीरबीच भेटवार्ता

    हेयर एक्सटेन्सनमा भेटियो क्यान्सरसँग सम्बन्धित रसायन

    • April 25, 2026
    • 26 views
    हेयर एक्सटेन्सनमा भेटियो क्यान्सरसँग सम्बन्धित रसायन

    मृत्युपछि फेरी जीवित हुने आशामा मृत शरीरलाई संरक्षण गरिदै !

    • April 25, 2026
    • 23 views
    मृत्युपछि फेरी जीवित हुने आशामा मृत शरीरलाई संरक्षण गरिदै !