चीनले वितरण गरेको साइकल बिरगन्जमा जलाइयो-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ११ फागुन । बीरगंजमा चिनियाँ सहयोगको नाममा पुराना र कमसल साइकल वितरण गरिएको विरोधमा राष्ट्रिय विद्यार्थी परिषद् बीरगंजले लक्ष्मणवा (प्रतिमा )चौकमा प्रदर्शन गर्दै साइकल जलाएका छन् । प्रदर्शनकारीहरूले “चीनको चलाखी अब चल्दैन – मधेसलाई सम्मान चाहिन्छ!” र “पुरानो साइकल, नयाँ धोका – चीन, अब हामीलाई मूर्ख नबनाउ” जस्ता नाराहरू लगाउँदै विरोध जनाए ।विद्यार्थी परिषद्का नेताहरूले चीनले मधेसका विद्यार्थीहरूलाई अपमानित गर्न यस्ता कमसल सामग्रीहरू सहयोगको रूपमा पठाएको आरोप लगाए । एक विद्यार्थी नेताले भने, “हामीलाई झूटो दान होइन, सफा नियत चाहिन्छ । चीनले मधेसलाई फालिएको सामान दिएर बेइज्जत गर्‍यो ।

“प्रदर्शनकारीहरूले चीनको विरोधमा नाराबाजी गर्दै “No fake donations please!” र “Madhesh deserves dignity, not China’s discarded scraps!” जस्ता सन्देशहरू दिएका थिए । विद्यार्थीहरूले चिनियाँ हस्तक्षेप अस्वीकार्य रहेको भन्दै मधेसलाई दानको नाममा फालिएको सामान होइन, सम्मान चाहिएको स्पष्ट पारे । आक्रोशित प्रदर्शनकारीहरूले वितरण गरिएका कमसल साइकलहरूमध्ये केहीलाई प्रदर्शन स्थलमै जलाएका थिए ।

शनिबार गरिएको प्रदर्शनमा स्थानीय बासिन्दासमेत सहभागी भएका थिए । उनीहरूले चिनियाँ सरकारको ‘सहयोग’को नाममा फालिएका सामग्री पठाउने प्रवृत्ति मधेसविरोधी भएको आरोप लगाए। प्रदर्शनकारीहरूले मधेसलाई अनुदानको नाममा गुणस्तरहीन सामग्री उपलब्ध गराउने कार्य अस्वीकार्य रहेको बताउँदै, यदि यस्ता अपमानजनक गतिविधिहरू दोहोरिए भने कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

यो पहिलो पटक होइन जब मधेसमा साइकल वितरणसम्बन्धी विवाद उठेको हो । २०७८ सालमा प्रदेश २ सरकारको बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत वितरण गरिएका साइकलमा व्यापक अनियमितता देखिएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमै छापा मारेको थियो ।

अहिलेको घटनामा भने चीनले मधेसलाई सहयोगको नाममा फालिएका र कमसल साइकलहरू पठाएर मधेसको अपमान गरेको आरोप विद्यार्थी नेताहरूले लगाएका छन् । चीनले नेपालमा प्रभाव जमाउन विभिन्न अनुदान र सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ, तर गुणस्तरहीन सहयोग र राजनीतिक प्रभाव विस्तारको प्रयासप्रति स्थानीय समुदाय सचेत हुँदै गएका छन् ।

विश्लेषकहरू भन्छन्, “चीनले रणनीतिक रूपमा नेपालमा प्रभाव बढाउन सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ। तर, यदि यी कार्यक्रमहरू सम्मानजनक र वास्तविक विकासका लागि नभए, यसले उल्टै चीनविरोधी भावना बढाउनेछ ।”स्थानीय विद्यार्थी समूहहरूले चिनियाँ सहयोगलाई “फेक डोनेसन” भन्दै यसको कडा विरोध गरेका छन्। उनीहरूले मधेसलाई वास्तविक विकास चाहिएको बताउँदै सरकारलाई पनि “विदेशी हस्तक्षेपको चासोभन्दा नागरिकको सम्मान र आवश्यकतामा ध्यान दिन” आग्रह गरेका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    दीपेन्द्र प्रजापति/कालो झोला । ललितपुर, ३१ जेठ । ललितपुरको सांस्कृतिक पहिचान प्रवद्र्धन गर्न सञ्चारमाध्यम मार्फत भूमिका निर्वाह गर्ने सात जना पत्रकारलाई ललितपुर महानगरपालिका– ५ वडा कार्यालयले पहिलो पटक सुशासन पत्रकारिता…

    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ३१ जेठ । विशेष सूचनाको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलिले आज बिहान पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं. ०३, मुरैया चोक स्थित…

    पहिलो

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    • June 14, 2026
    • 47 views
    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    • June 14, 2026
    • 40 views
    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 82 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 77 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 130 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 145 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-