चुनावको संघारमा बंगलादेश र अमेरिकाबीच व्यापार सम्झौता

अमेरिकासँग भएको नयाँ व्यापार सम्झौताअन्तर्गत बंगलादेशले ठूलो राहत पाएको छ। अमेरिकाले बंगलादेशबाट आयात हुने वस्तुहरूमा लगाइने ट्यारिफ (आयात शुल्क) घटाएर १९ प्रतिशतमा सीमित गरेको छ । विशेषगरी अमेरिकामा उत्पादित कच्चा पदार्थ प्रयोग गरेर बनाइएका केही रेडिमेड कपडा र टेक्सटाइल उत्पादनहरू अब शून्य ट्यारिफमा अमेरिकी बजारमा प्रवेश गर्न सक्ने भएका छन् ।

बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै अमेरिकी कपास तथा मानव निर्मित फाइबर प्रयोग गरेर बनाइएका बंगलादेशी कपडामा कुनै पनि प्रतिशोधात्मक ट्यारिफ नलगाउने व्यवस्था गर्न अमेरिका सहमत भएको बताएका छन् । उनका अनुसार अप्रिल २०२५ देखि सुरु भएको करिब नौ महिनाको निरन्तर वार्तापछि यो सम्झौता सम्भव भएको हो । यद्यपि, यस विषयमा अमेरिकी वित्त मन्त्रालय वा ट्रम्प प्रशासनको तर्फबाट तत्काल कुनै औपचारिक प्रतिक्रिया आएको छैन ।

बंगलादेशका वाणिज्य सचिव महबूबुर रहमानका अनुसार, अमेरिकाबाट आयात गरिने कपास र सिन्थेटिक फाइबर प्रयोग गरेर तयार गरिएका रेडिमेड गार्मेन्ट (आरएमजी) उत्पादनहरूले यस सम्झौताबाट सबैभन्दा बढी फाइदा पाउनेछन् । यी उत्पादनहरू अब कुनै अतिरिक्त शुल्क बिना अमेरिकी बजारमा निर्यात गर्न सकिनेछ । वाशिङ्टनमा बंगलादेशका वाणिज्य सल्लाहकार शेख बशीर उद्दीन र अमेरिकी व्यापार प्रतिनिधि जैमीसन ग्रीरबीच सम्झौतामा हस्ताक्षर भएको उनले बताए ।

वाणिज्य मन्त्रालयका अधिकारीहरूका अनुसार, सम्झौतामा अमेरिकाबाट गहुँ, सोयाबिन र एलएनजी आयात गर्ने, ई–कमर्समा नयाँ ट्यारिफ नलगाउने, अमेरिकी बौद्धिक सम्पत्ति अधिकार (आईपीआर) मापदण्ड पालना गर्ने तथा विश्व व्यापार संगठन (डब्ल्यूटीओ) सुधारसम्बन्धी अमेरिकी प्रस्तावलाई समर्थन गर्ने प्रावधानहरू पनि समावेश छन्। साथै, बंगलादेशले अमेरिकी विमान निर्माता कम्पनी बोइङबाट २५ वटा विमान खरिद गर्ने सहमति जनाएको छ, जसको अनुमानित लागत ३० हजारदेखि ३५ हजार करोड टका रहने बताइएको छ। यसलाई पनि अमेरिकी ट्यारिफ घटाउने व्यापक रणनीतिको हिस्सा मानिएको छ।

निर्यात प्रवर्द्धन ब्यूरोका अनुसार, अमेरिका बंगलादेशको सबैभन्दा ठूलो निर्यात बजार हो। यसअघि अगस्त २०२५ मा अमेरिकाले प्रस्तावित ३७ प्रतिशतबाट घटाएर २० प्रतिशत बनाएको थियो, जुन अहिले फेरि घटाएर १९ प्रतिशत गरिएको हो । बंगलादेशी नीति निर्माताहरूले ट्यारिफ दर १५ प्रतिशतसम्म झार्ने अपेक्षा गरेका थिए ।

व्यापार विज्ञहरूका अनुसार यो निर्णय बंगलादेशको कपडा उद्योगका लागि ठूलो राहत हो । आरएमजी क्षेत्रले देशको कुल निर्यातको ८० प्रतिशतभन्दा बढी योगदान गर्दछ, करिब ४० लाख मानिसलाई रोजगारी प्रदान गरेको छ, जसमा अधिकांश महिला छन्, र देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा करिब १० प्रतिशत योगदान पुर्‍याउँछ।

यो सम्झौता यस्तो समयमा सार्वजनिक भएको हो, जब बंगलादेशमा आगामी १२ फेब्रुअरीमा आम निर्वाचन हुन गइरहेको छ । यी निर्वाचनमार्फत नयाँ सरकार गठन हुनेछ र शेख हसीनाको अवामी लिग सरकार पतनपछि सत्ता सम्हालेको मोहम्मद युनुस नेतृत्वको १८ महिनादेखि चलिरहेको अन्तरिम सरकारको कार्यकाल समाप्त हुनेछ ।

  • Related Posts

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    काठमाडौँ । ईरानका सर्वोच्च नेता आयातुल्ला अली खामेनीको मृत्यु भएको करिब चार महिनापछि उनको अन्त्येष्टि गरिने भएको छ । उनको अन्तिम इच्छा अनुसार उनलाई पवित्र धार्मिक शहर मशहदमा रहेको इमाम…

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने बहसलाई नयाँ रूपमा अघि सारेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा कृत्रिम बौद्धिकता…

    पहिलो

    नेवाः पत्रकार राष्ट्रिय दबू द्वारा १० देशमा विदेश शाखा प्रमुख नियुक्त-

    • June 7, 2026
    • 112 views
    नेवाः पत्रकार राष्ट्रिय दबू द्वारा १० देशमा विदेश शाखा प्रमुख नियुक्त-

    नेशनल मेडिकल कलेजको सहयोगमा सखुवा प्रसौनीमा स्वास्थ्य शिविर, ४ सय ८२ लाभान्वित तथा सहकार्य सम्झौता सम्पन्न-

    • June 7, 2026
    • 60 views
    नेशनल मेडिकल कलेजको सहयोगमा सखुवा प्रसौनीमा स्वास्थ्य शिविर, ४ सय ८२ लाभान्वित तथा सहकार्य सम्झौता सम्पन्न-

    घटनाको २५ वर्ष पछि पक्राउ परे, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी-

    • June 7, 2026
    • 71 views
    घटनाको २५ वर्ष पछि पक्राउ परे, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी-

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    • June 5, 2026
    • 59 views
    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन  खिलराज रेग्मीको सुझाव

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    • June 5, 2026
    • 41 views
    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    • June 5, 2026
    • 46 views
    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन