रुसी सेनाको आक्रमणबाट हालसम्म १ सय ३७ युक्रेनीको मृत्यु भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सैनिक अड्डामा मात्र आक्रमण गर्ने दाबी गरे पनि त्यसमा सत्यता नभएको बताउँदै राष्ट्रपति जेलेन्स्कीले अहिलेसम्म १ सय ३७ जनाको मृत्यु भएको दाबी गरेका हुन् ।
त्यस्तै रुसले युक्रेनमाथि गरेको आक्रमणलाई ‘क्रूर आक्रमण’को संज्ञा दिँदै अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपतिले पुनः सोभियत संघ ब्युँताउन चाहेको आरोप लगाएका छन् ।
रुसी सेनाले चेर्नोबिलमा रहेको रेडियोधर्मी पदार्थ रहेको स्थानमा हमला गरेपछि त्यहाँको चेर्नोबिल न्युक्लियर प्लान्टसमेत कब्जा गरिसकेको छन् । चोर्नेबिल कब्जा गरेसँगै रुसले युक्रेनमात्र नभएर पूरा युरोपविरुद्ध युद्धको घोषणा गरेको युक्रेनी राष्ट्रपति जोलेन्स्कीले बताएका छन् ।







