साइबर सुरक्षा कम्पनी म्यान्डियन्टले हालै सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार पछिल्लो १० महिनामा चिनियाँ ह्याकरले ६ वटा अमेरिकी सरकारी निकायको डेटामा पहुँच बनाएका छन् ।ह्याक हुने सरकारी निकायमा स्वास्थ्य, यातायात, श्रम, शिक्षा, कृषि, अदालतका नेटवर्क सिस्टम रहेका छन् । यो गतिविधिमा चिनियाँ सरकारद्वारा समर्थित ह्याकिङ समूह संलग्न रहेको अमेरिकाको अनुसन्धान निकाय एफबीआई र अमेरिकाको साइबर सेक्युरिटी तथा पूर्वाधार सेक्युरिटी एजेन्सी (सीआईएसए) ले उल्लेख गरेका छन्







