दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, २९ कार्तिक । पर्साको जगरनाथपुर गाउँपालिकामा आयोजित चौथो मेयर कप–२०८२ को उपाधि जागृत युवा क्लबले जितेको छ ।
बिरगंज महानगरपालिका उप–मेयर इम्तियाज आलमको प्रमुख आतिथ्यतामा भएको फाइनल खेलामा प्रमुख अतिथि इम्तियाज आलम ले खेल प्रती को कदर र खेलाडीहरु लाई शुभकामना दिनु भएको थियो ।
मधुवाहा क्रिकेट मैदानमा आयोजित फाइनल खेलमा विभिन्न व्यक्तिहरू तथा संस्थाहरूले अतिरिक्त पुरस्कारको घोषणा गरेका थिए र ती पुरस्कारसमेत खेलाडीहरूलाई वितरण गरिएको थियो ।
फाइनल खेल हेर्न स्थानियहरुको उत्साहजन उपस्थिती रहेको थियो । सुरुमा ब्याटिङ गरेको वडा नं. ६ को टोलीले १८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १०१ रनको योगफल बनाएको थियो । १०२ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको जागृत युवा क्लबले १३ ओभर ५ बलमै ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै उपाधि आफ्नो हात पारेको छ ।
शनिबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा जगरनाथपुर गाउँपालिका–६ को क्रिकेट टिमलाई पराजित गर्दै जागृत युवा क्लब विजयी हासिल गरेको हो । सुरुमा ब्याटिङ गर्दै वडा नं. ६ को टोलीले १८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १०१ रनको योगफल बनाएको थियो । १०२ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको जागृत युवा क्लबले १३ ओभर ५ बलमै ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै उपाधि आफ्नाे नाममा पारेकी थियो ।
विजेता बनेको जागृत युवा क्लबलाई गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले ५१ हजार रुपैयाँको चेक तथा ट्रफी प्रदान गरेका थिए । त्यसै गरि उप–विजेता वडा नं. ६ लाई उपाध्यक्ष बिविता सिंह क्षेत्री र प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवले २५ हजार रुपैयाँको चेक तथा ट्रफी प्रदान गरेका थिए ।
फाइनल खेलको म्यान अफ द म्याच जागृत युवा क्लबका अनिल महरा घोषित भएका थिए। बेस्ट ब्याट्सम्यान क्लबका सुजित पटेल, बेस्ट फिल्डर वडा नं. ६ का सन्दिप पटेल, बेस्ट बलर १९ विकेट लिएका वडा नं. २ का सहजाद देवान तथा म्यान अफ द सिरिज को उपाधी वडा नं. २ का दिपु राउत लाई प्रदान गरिएको थियो ।
जगरनाथपुर–५ का वडाध्यक्ष बिहारी महतो नुनिया, वडा नं. ६ का वडाध्यक्ष अयोध्या प्रसाद कुर्मी, कृषि शाखा प्रमुख दया चौहान लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक रूपनारायण प्रसाद साहले गरेका थिए ।










