ग्यारी कर्स्टन श्रीलंका क्रिकेटको मुख्य प्रशिक्षक नियुक्त

श्रीलंका क्रिकेट बोर्डले दक्षिण अफ्रिकाका पूर्व ओपनर ग्यारी कर्स्टनलाई राष्ट्रिय टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको घोषणा गरेको छ । बोर्डको निर्णयअनुसार कर्स्टनले सन् २०२६ अप्रिल १५ देखि टोलीको जिम्मेवारी सम्हाल्नेछन् ।

उनी दुई वर्षको सम्झौतामा नियुक्त भएका हुन् । हालै सम्पन्न टी-२० विश्वकप २०२६ मा श्रीलंका सुपर- ८ चरणबाट बाहिरिएपछि मुख्य प्रशिक्षक सनथ जयसूर्याले पदबाट राजीनामा दिएका थिए। अब कर्स्टनले उनको स्थान लिनेछन् ।

कर्स्टनको कार्यकालमा श्रीलंकाका लागि सबैभन्दा ठूलो प्रतियोगिता सन् २०२७ को एकदिवसीय विश्वकप हुनेछ, जुन दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुँदैछ। श्रीलंका त्यस प्रतियोगितामा सिधै छनोट हुने लक्ष्यका साथ तयारी गर्ने बताइएको छ ।

यसअघि टी-२० विश्वकपका क्रममा कर्स्टन नामिबिया टोलीका परामर्श प्रशिक्षकका रूपमा पनि आबद्ध थिए । 

खेलाडीका रूपमा उनले दक्षिण अफ्रिकाका लागि १०१ टेस्ट र १८५ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्। प्रशिक्षकका रूपमा पनि उनको उपलब्धि उल्लेखनीय छ । उनको प्रशिक्षणमा भारतले सन् २०११ को एकदिवसीय विश्वकप जितेको थियो । त्यसपछि भारतीय टोली टेस्ट क्रिकेटमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै विश्व वरीयतामा नम्बर एक स्थानमा पुगेको थियो । त्यसपछि उनले केही समय दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीलाई पनि प्रशिक्षण दिएका थिए ।

कर्स्टन सन् २०२४ अप्रिलमा पाकिस्तान टोलीका सीमित ओभरका प्रशिक्षक पनि बनेका थिए । तर बोर्ड र खेलाडीहरूसँग मतभेद भएपछि उनले बीचमै पद छाडेका थिए ।

अन्तर्राष्ट्रिय क्रिकेट बाहेक उनको अनुभव भारतीय प्रिमियर लिगमा पनि रहेको छ । उनले रोयल च्यालेन्जर्स बेङ्गलुरु र गुजरात टाइटन्ससँग काम गरेका थिए । सन् २०२२ मा गुजरात टाइटन्सले पहिलो सिजनमै उपाधि जित्दा कर्स्टन टोलीका ब्याटिङ प्रशिक्षक थिए ।

  • Related Posts

    टी-२० र टेस्ट क्रिकेटमा नयाँ नियम

    काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बोर्ड बैठकले क्रिकेटका विभिन्न ढाँचासँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू अनुमोदन गरेको छ । भारतको अहमदावादमा भएको बैठकमा खेलाडी, प्रशिक्षक तथा खेल अधिकारीसँग सम्बन्धित नियमहरूमा…

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    काठमाडौँ । ब्राजिलका स्टार खेलाडी नेइमार मांसपेशीमा चोट लागेपछि दुईदेखि तीन सातासम्म मैदान बाहिर रहने भएका छन् । उनको स्वास्थ्य परीक्षणपछि चोट पुष्टि भएको हो । चोटका कारण नेइमारले विश्वकपअघि…

    पहिलो

    नेशनल मेडिकल कलेजका एमबीबीएस विद्यार्थी द्वारा अन्तर्राष्ट्रिय स्तरको ईएनटी पाठ्यपुस्तकमा सुधारको सुझाव, लेखक बाट धन्यवाद तथा आगामी संस्करणमा सच्याउने प्रतिबद्धता-

    • June 30, 2026
    • 55 views
    नेशनल मेडिकल कलेजका एमबीबीएस विद्यार्थी द्वारा अन्तर्राष्ट्रिय स्तरको ईएनटी पाठ्यपुस्तकमा सुधारको सुझाव, लेखक बाट धन्यवाद तथा आगामी संस्करणमा सच्याउने प्रतिबद्धता-

    सशस्त्र प्रहरी बल का संयुक्त टोली द्वारा गाँजा सहित एक जना मानिस पक्राउ-

    • June 30, 2026
    • 91 views
    सशस्त्र प्रहरी बल का संयुक्त टोली द्वारा गाँजा सहित एक जना मानिस पक्राउ-

    वीरगन्ज महानगरपालिकाको आयोजनामा २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ कार्यक्रम सम्पन्न-

    • June 29, 2026
    • 73 views
    वीरगन्ज महानगरपालिकाको आयोजनामा २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ कार्यक्रम सम्पन्न-

    रोटरी क्लव अफ काष्टमण्डपको २५ औं प्रेसिडेन्ट एवं डिष्ट्रिक्ट गर्भनर मा आए औषधी उत्पादक वैद्य-

    • June 29, 2026
    • 39 views
    रोटरी क्लव अफ काष्टमण्डपको २५ औं प्रेसिडेन्ट एवं डिष्ट्रिक्ट गर्भनर मा आए औषधी उत्पादक वैद्य-

    कार्यवाहक प्रमुख आलमको सक्रियतामा वीरगंजको सरसफाइ विवाद मिल्यो, आन्दोलन फिर्ता-

    • June 28, 2026
    • 91 views
    कार्यवाहक प्रमुख आलमको सक्रियतामा वीरगंजको सरसफाइ विवाद मिल्यो, आन्दोलन फिर्ता-

    बीरगञ्जमा सरसफाइ कर्मीहरु आन्दोलित, कार्यवाहक नगर प्रमुख आलम द्वारा तत्काल समाधान गर्न ठेकेदारलाई निर्देशन-

    • June 28, 2026
    • 80 views
    बीरगञ्जमा सरसफाइ कर्मीहरु आन्दोलित, कार्यवाहक नगर प्रमुख आलम द्वारा तत्काल समाधान गर्न ठेकेदारलाई  निर्देशन-