जसपा नेपालले सार्बजनिक गर्यो चुनावी घोषणा पत्र

जनता समाजवादी पार्टी (जसपा) नेपालले फागुन २१ हुने प्रतिनिधि सभाको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार एक कार्यक्रम आयोजना गरी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।

घोषणा पत्रमा जसपा नेपालले न्यायपूर्ण सेवा, समान अवसर र पारदर्शी शासनमा जोड दिएको छ भने ‘संघर्षसँगै समृद्धि’ नारा दिएको छ । 

जसपा नेपालले वैदेशिक रोजगारमा जाने श्रमिकहरूका लागि निःशुल्क (फ्रि भिसा र फ्रि टिकट) रोजगारी प्रदान गर्ने नीति अघि सर्दै वैदेशिक रोजगारमा रहेका श्रमिकहरूको सुरक्षित रोजगारीको व्यवस्था गरिने, बैदेशिक रोजगारीमा गएका नागरिकहरूको सुरक्षाको प्रत्याभूति गरिने पनि घोषणा पत्रमा उल्लेख गरेको छ ।

त्यसै वैदेशिक रोजगारीबाट फर्केका नागरिकहरूको लागि वैदेशिक रोजगारमा हुँदा सिकेको सीपको आधारमा स्वदेशमै रोजगारीको प्रवन्ध गरिने नीति पनि अगाडी सारेको छ  । घोषणापत्रमा भनिएको छ, ‘वैदेशिक रोजगारी रहर नभई बाध्यता हो । तसर्थ आन्तरिक रोजगारी प्रवद्र्धन गर्नु राज्यको मूल दायित्व हो भन्ने जसपा, नेपालको मान्यता रहँदै आएको छ । आन्तरिक रोजगारीको प्रत्याभूति नहुञ्जेलसम्म वैदेशिक रोजगारीमा जाने नागरिकहरूको लागि सीप विकास, प्रशिक्षण तथा रोजगारीमा जाँदा आवश्यक पर्ने लागत खर्चको उचित व्यवस्थापन रोजगारदाताबाट ग्यारेन्टी गरिनु पर्दछ ।’

घोषणापत्रमा लोक कल्याणकारी राज्यको स्थापना गर्दै समतामूलक समाजको निर्माण र समानतामा आधारित समावेशी समाजवादी लोकतान्त्रिक शासन प्रणाली स्थापित गर्ने मूल लक्ष्य जसपा नेपालले राखेको उल्लेख छ ।

  • Related Posts

    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको उपनेतामा सांसद गणेश पराजुलीलाई चयन गरेको छ । पराजुली काठमाडौँ- ७ बाट प्रत्यक्षतर्फ लगातार दोस्रो पटक निर्वाचित सांसद हुन् ।  त्यस्तै विहिबार बसेको…

    संबिधानप्रति प्रतिबद्ध छौं, सरकारलाई शंका नगरौं- मन्त्री वाग्ले

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार संबिधानप्रति प्रतिबद्ध रहेको बताएका छन् । विहिबार अन्तर सरकारी वित्ति परिषद् तथा विषयगत समितिको बैठकमा बोल्दै मन्त्री वाग्लेले सरकार संबिधानप्रति प्रतिबद्ध रहेको र संबिधान परिवर्तन…

    पहिलो

    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    • April 16, 2026
    • 29 views
    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    • April 16, 2026
    • 22 views
    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    बिबिसीले दुई हजार कर्मचारी हटाउदै

    • April 16, 2026
    • 24 views
    बिबिसीले दुई हजार कर्मचारी हटाउदै

    संबिधानप्रति प्रतिबद्ध छौं, सरकारलाई शंका नगरौं- मन्त्री वाग्ले

    • April 16, 2026
    • 22 views
    संबिधानप्रति प्रतिबद्ध छौं, सरकारलाई शंका नगरौं- मन्त्री वाग्ले

    संयुक्त राष्ट्र संघको सत्रमा सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले CEPA का उपाध्यक्ष रोल्फ अल्टरलाई भेंटे-

    • April 16, 2026
    • 140 views
    संयुक्त राष्ट्र संघको सत्रमा सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले CEPA का उपाध्यक्ष रोल्फ अल्टरलाई भेंटे-

    जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

    • April 16, 2026
    • 21 views
    जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ