जिम्बाबेविरुद्द वेस्ट इण्डिजको प्रभावशाली जित

 जारी टी-२० विश्वकप अन्तर्गत सुपर आठको खेलमा वेस्ट इण्डिजले जिम्बाब्वेमाथि शानदार जित हात पारेको छ । गएराती सम्पन्न खेलमा शिमरन हेटमायरको विस्फोटक ब्याटिङ र गुडाकेश मोतीको अगुवाइमा बलरहरूको उत्कृष्ट प्रदर्शनका कारण वेस्ट इण्डिजले जिम्बाब्वेलाई १०७ रनले पराजित गरेको हो ।

पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २५४ रनको विशाल योगफल खडा गरेको थियो । जवाफमा जिम्बाब्वे १७.४ ओभरमै १४७ रनमा अलआउट भयो । टी-२० अन्तर्राष्ट्रियमा रन अन्तरका हिसाबले यो वेस्टइन्डिजको दोस्रो ठूलो जित हो । यसअघि सन् २०२४ मा उसले युगान्डालाई १३४ रनले हराएको थियो ।

यो जितसँगै समूह १ को अंक तालिकामा ठूलो परिवर्तन आएको छ । वेस्टइन्डिज +५.३५० नेट रनरेटसहित शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा दक्षिण अफ्रिका (+३.८००) छ भने भारत –३.८०० नेट रनरेटसहित तेस्रो स्थानमा झरेको छ । समूहबाट शीर्ष दुई टोली मात्र सेमिफाइनलमा पुग्ने छन् ।

२५५ रनको कठिन लक्ष्य पछ्याएको जिम्बाब्वेको सुरुआतदेखि नै दबाबमा देखियो । बायाँहाते स्पिनर गुडाकेश मोतीले २८ रन खर्चेर चार विकेट लिँदै करियरकै उत्कृष्ट प्रदर्शन गरे । अकील हुसैनले २८ रनमा तीन विकेट लिए भने मैथ्यु फोर्डले २७ रन खर्चेर दुई विकेट हात पारे । जिम्बाब्वेका लागि ब्राड इभान्सले २१ बलमा पाँच छक्का र दुई चौकासहित ४३ रन बनाए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन । डियोन मायर्स (२८) र कप्तान सिकन्दर रजा (२७) बाहेक अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्। चार जना खेलाडी शून्यमै आउट भए ।

टस जितेर पहिले बलिङ रोजेको जिम्बाब्वेको निर्णय वेस्ट इण्डिजका ब्याटरले गलत सावित गरिदिए । शिमरन हेटमायरले ३४ बलमा सात छक्का र सात चौकासहित ८५ रनको शानदार इनिङ खेलेका थिए । उनले रोवम्यान पोवेल (५९) सँग तेस्रो विकेटका लागि ५२ बलमा १२२ रनको शतकीय साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याएका थिए ।

शेर्फेन रदरफोर्डले १३ बलमा अविजित ३१ रन थपे। ब्रेन्डन किङ (९) छिट्टै आउट भए पनि त्यसपछि वेस्ट इण्डिजले आक्रामक शैली कायम राख्यो । टोलीले प्रतियोगिताको इतिहासमै दोस्रो ठूलो स्कोर खडा गर्दै जिम्बाब्वेमाथि एकपक्षीय जित दर्ता गरेको थियो । जिम्बाब्वेका रिचर्ड नगारवा र ब्लेसिङ मुजरबानीले दुई-दुई विकेट लिए पनि अन्य बलर महँगा सावित भए । कप्तान सिकन्दर रजाले तीन ओभरमा ५२ रन खर्चिए । वेस्ट इण्डिजको यो प्रभावशाली जितले सुपर आठको प्रतिस्पर्धा अझ रोचक बनेको छ।

  • Related Posts

    आज देश विदेशका प्रमुख २० समाचार

    काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।  १- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै नीतिगत व्यवस्थामा आवश्यक…

    साम्बाले भनिन्- उपचारको लागि पर्याप्त सहयोग पाए, अब रोकिदिनु

    नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो उपचारका लागि प्राप्त सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै अब आर्थिक सहयोग रोक्न आग्रह गरेकी छन् । पछिल्लो २४ घण्टामा उपचारका लागि…

    पहिलो

    आज देश विदेशका प्रमुख २० समाचार

    इरानमा सैन्य हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

    • February 24, 2026
    • 18 views
    इरानमा सैन्य हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

    दुर्गा प्रसाईलाई रिहा गर्न सर्वोच्चको आदेश

    • February 24, 2026
    • 30 views
    दुर्गा प्रसाईलाई रिहा गर्न सर्वोच्चको आदेश

    पाँच देशका नवनियुक्त राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

    • February 24, 2026
    • 21 views
    पाँच देशका नवनियुक्त राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

    साम्बाले भनिन्- उपचारको लागि पर्याप्त सहयोग पाए, अब रोकिदिनु

    • February 24, 2026
    • 23 views
    साम्बाले भनिन्- उपचारको लागि पर्याप्त सहयोग पाए, अब रोकिदिनु