हत्या गरेको अवस्थामा भेटिएकी महिलाको सनाखत भएको छ।

ती महिला काभ्रे जिल्ला नमोबुद्ध नगरपालिका-९ की २८ वर्षीया जेनिशा नगरकोटी भएको पुष्टि भएको हो।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार उनी श्रीमानसँग भक्तपुर नगरपालिका-१० भोलाछेमा बस्दै आएकी थिइन्।

उनीहरू ज्याला मजदुरीको काम गर्थे। शव फेला परेपछि अनुसन्धान गर्दै जाँदा उनका श्रीमान फेला परेपछि जेनिशाको सनाखत भएको हो। उनका श्रीमान राजु लामा रहेको खुलेको छ।

सोमबार राति ९:५० बजे चाँगुनारायण नगरपालिका-७ बागरेमा हत्या गरेको अवस्थामा जेनिशाको शव फेला परेको थियो।