झापामा ११ महिनामा ५१ चालकलाई कारबाही

भद्रपुर (झापा), १२ असार : झापामा ११ महिनामा ५१ हजार सात सय ८२ चालकलाई कारबाही गरिएको छ । चालु आर्थिक वर्ष २०८०÷८१ को हालसम्ममा उनीहरुलाई कारबाही गरिएको हो ।

जिल्ला ट्राफिक कार्यालय झापाका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमका अनुसार चालकलाई कारबाही गर्दा रु तीन करोड ४७ लाख ७८ हजार राजस्व सङ्कलन गरिएको छ । मादक पदार्थ सेवन, क्षमताभन्दा बढी यात्रु बोक्ने, सार्वजनिक बस र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनका चालकलाई कारबाही गरिएको हो ।

चालु आवको ११ महिनामा सबैभन्दा बढी १६ हजार नौ सय ५७ कार÷जिपका चालकलाई कारबाही गरिएको छ । यसैगरी १४ हजार सात सय ४१ मोटरसाइकल चालक, नौ हजार सात सय ७४ ट्रक चालक, एक हजार पाँच सय ३३ टिपर चालक, दुई हजार ६ सय २२ बस चालक तथा दुई हजार ६ सय १३ ट्रयाक्टर चालक कारबाहीमा परेका प्रहरी नायब निरीक्षक गौतमले बताउनुभयो ।

यसैगरी चालु आवको ११ महिनामा सडक दुर्घटनामा परी ७९ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ६६ पुरुष, आठ महिला र पाँच बालबालिका छन् । सो अवधिमा चार सय ९० सवारीसाधन दुर्घटना हुँदा एक सय ५३ जना सख्त घाइते तथा ६ सय ३२ जना सामान्य घाइते भएका प्रहरी नायब निरीक्षक गौतमले बताउनुभयो । सबैभन्दा बढी चार सय ५१ मोटरसाइकल दुर्घटना भएका थिए । यसैगरी ३४ ट्रक, ३३ बस, ७४ जिप÷कार, २५ ट्रयाक्टर र ५० टेम्पो दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

  • Related Posts

    नेवाः पत्रकार राष्ट्रिय दबू द्वारा १० देशमा विदेश शाखा प्रमुख नियुक्त-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, २४ जेठ । देशभरका नेवार पत्रकारहरूको साझा संस्था नेवाः पत्रकार राष्ट्रिय दबू ले विश्वभर रहेका नेवार सञ्चारकर्मीलाई एकताबद्ध गर्ने उद्देश्यसहित १० देशका लागि विदेश शाखा…

    नेशनल मेडिकल कलेजको सहयोगमा सखुवा प्रसौनीमा स्वास्थ्य शिविर, ४ सय ८२ लाभान्वित तथा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २४ जेठ । पर्साकाे सखुवाप्रसाैनी गाउँपालिका वडा न. २ श्रीपुर पञ्चगावामा नि:शूल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । सखुवा प्रसौनी गाउँपालिका, पर्साको समन्वय, पर्सा ख्रिष्टियन…

    पहिलो

    नेवाः पत्रकार राष्ट्रिय दबू द्वारा १० देशमा विदेश शाखा प्रमुख नियुक्त-

    • June 7, 2026
    • 85 views
    नेवाः पत्रकार राष्ट्रिय दबू द्वारा १० देशमा विदेश शाखा प्रमुख नियुक्त-

    नेशनल मेडिकल कलेजको सहयोगमा सखुवा प्रसौनीमा स्वास्थ्य शिविर, ४ सय ८२ लाभान्वित तथा सहकार्य सम्झौता सम्पन्न-

    • June 7, 2026
    • 51 views
    नेशनल मेडिकल कलेजको सहयोगमा सखुवा प्रसौनीमा स्वास्थ्य शिविर, ४ सय ८२ लाभान्वित तथा सहकार्य सम्झौता सम्पन्न-

    घटनाको २५ वर्ष पछि पक्राउ परे, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी-

    • June 7, 2026
    • 67 views
    घटनाको २५ वर्ष पछि पक्राउ परे, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी-

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    • June 5, 2026
    • 57 views
    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन  खिलराज रेग्मीको सुझाव

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    • June 5, 2026
    • 39 views
    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    • June 5, 2026
    • 45 views
    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन