टी- २० विश्वकप जितेको भारतीय टिमलाई २०९ करोड पुरस्कार दिने बोर्डको घोषणा

 टी- २० विश्वकप २०२६ को उपाधि जितेपछि भारतीय क्रिकेट नियन्त्रण बोर्डले भारतीय टोलीका लागि १३१ करोड भारु अर्थात् २०९.६ करोड नेपाली रुपैयाँ बराबर पुरस्कार दिने घोषणा गरेको छ । भारतले आइतबार भएको फाइनल खेलमा न्यूजील्यान्डलाई पराजित गर्दै उपाधि जितेको थियो ।

बोर्डका अनुसार घोषणा गरिएको पुरस्कार रकम खेलाडीहरूका साथै प्रशिक्षक समूह र टोलीसँग सम्बन्धित सहयोगी कर्मचारीलाई पनि प्रदान गरिनेछ । यस पुरस्कार रकममा १५ जना खेलाडी, प्रशिक्षक समूह र अन्य सहयोगी कर्मचारी समावेश छन् । सबैभन्दा ठूलो हिस्सा खेलाडीहरूले पाउने बताइएको छ भने सहयोगी कर्मचारीलाई दिइने रकम उनीहरूको जिम्मेवारी र पदअनुसार निर्धारण गरिने जनाइएको छ ।

यस पटक घोषणा गरिएको १३१ करोड भारु पुरस्कार रकम सन् २०२४ को टी-२० विश्वकपपछि दिइएको १२५ करोड भारुभन्दा बढी हो । यसअर्थमा यस पटक बोर्डले अघिल्लो पुरस्कारभन्दा ६ करोड बढी दिने निर्णय गरेको हो ।

भारतले आफ्नो उपाधि जोगाउँदै टी- २० विश्वकप इतिहासमा लगातार दुई पटक ट्रफी जित्ने पहिलो टोली बनेको छ । भारत यसअघि २००७, २०२४ र २०२६ मा टी- २० विश्वकप जित्दै तीन पटक उपाधि जित्ने विश्वकै पहिलो टोली बनेको छ । साथै अहमदाबादमा भएको फाइनल जितसँगै भारतले पहिलो पटक आफ्नै घरेलु मैदानमा पनि टी- २० विश्वकप ट्रफी उचालेको हो । यसअघि भारतले २००७ मा दक्षिण अफ्रिका र २०२४ मा वेस्ट इन्डिजमा उपाधि जितेको थियो । अहिले भारतसँग तीन वटा टी -२० विश्वकप ट्रफी छन् भने वेस्ट इन्डिज र इंग्ल्यान्डले दुई-दुई पटक मात्र यो उपाधि जितेका छन् ।

  • Related Posts

    चुनाव हारेका विष्णु पौडेलको चुनाव खर्च २८ लाख

     नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले निर्वाचनमा २८ लाख ७ हजार १०० रुपैयाँ खर्च भएको विवरण आयोगलाई बुझाएका हुन् । उनको विवरण अनुसार…

    मोदी प्रमुख अतिथि रहेको कार्यक्रममा भाग लिन डा. बाबुराम भट्टराई भारत जादै

     पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाने भएका छन् । उनी नयाँ दिल्लीमा आयोजना हुने एनएक्सटी २०२६ मा भाग लिनको लागि बुधबार भारत भ्रमणमा जान लागेको उनको सचिवालयले जानकारी दिएको…

    पहिलो

    ग्यारी कर्स्टन श्रीलंका क्रिकेटको मुख्य प्रशिक्षक नियुक्त

    • March 10, 2026
    • 27 views
    ग्यारी कर्स्टन श्रीलंका क्रिकेटको मुख्य प्रशिक्षक नियुक्त

    चुनाव हारेका विष्णु पौडेलको चुनाव खर्च २८ लाख

    • March 10, 2026
    • 16 views
    चुनाव हारेका विष्णु पौडेलको चुनाव खर्च २८ लाख

    मोदी प्रमुख अतिथि रहेको कार्यक्रममा भाग लिन डा. बाबुराम भट्टराई भारत जादै

    • March 10, 2026
    • 20 views
    मोदी प्रमुख अतिथि रहेको कार्यक्रममा भाग लिन डा. बाबुराम भट्टराई भारत जादै

    बढी लिएर ग्यास बिक्री नगर्न विक्रेता र उद्योगलाई महासंघको आग्रह

    • March 10, 2026
    • 26 views
    बढी लिएर ग्यास बिक्री नगर्न विक्रेता र उद्योगलाई महासंघको आग्रह

    खेलाडीसँग सहमतिपछि एन्फाको तालाबन्दी खुल्यो

    • March 10, 2026
    • 21 views
    खेलाडीसँग सहमतिपछि एन्फाको तालाबन्दी खुल्यो

    इरान युद्धका बीच विभिन्न देशले शुरु गरे इन्धनको बचतका उपाय, कतै घरबाट कम, कतै विद्यालय बन्द

    • March 10, 2026
    • 20 views
    इरान युद्धका बीच विभिन्न देशले शुरु गरे इन्धनको बचतका उपाय, कतै घरबाट कम, कतै विद्यालय बन्द