धुलिखेल नगरद्वारा सीपमूलक तालिमपछि रोजगार प्रदान

काभ्रेपलाञ्चोक, २५ असारः धुलिखेल नगरपालिकाले तालिमपछि रोजगारको अवसर प्रदान गर्न थालेको छ । सोमबार मात्र ‘वेटर’ तथा ‘हाउसकिपिङ’ तालिम सिकेका ४८ जनालाई भक्तपुर र काठमाडौँका विभिन्न होटल तथा संस्थामा रोजगार दिइएको हो ।

रोजगार सेवा केन्द्रद्वारा वेटर÷वेट्रेस तथा हाउसकिपिङसम्बन्धी एक सय ६० घण्टाको सीप तथा क्षमता विकास तालिम प्रदानपश्चात उक्त सङ्ख्यामा रोजगार प्रदान गरिएको जनाइएको छ । भक्तपुरको ग्लोबल इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट एण्ड टुरिजम टेक्निकल सेन्टरको प्राविधिक सहयोगमा धुलिखेलका विभिन्न वडाका ४८ जना व्यक्तिलाई तालिमपश्चात रोजगारीका लागि भक्तपुरको सुमेरु र काठमाडौँको हायात होटल तथा अन्य संस्थामा प्रशिक्षार्थी कामदारका रूपमा पारिश्रमिकसहित रोजगार प्रदान गरिएको नगर रोजगार संयोजक सम्झना नेपालले बताउनुभयो ।

तालिमप्राप्त व्यक्तिले घर छाडेर अन्यत्र रोजगारी चाहेमा उपत्यकाका विभिन्न होटल तथा सङ्घसंस्थामा अवसर उपलब्ध भइसकेको र नगरभित्र रोजगार चाहनेलाई पर्यटकीयस्थल धुलिखेलको स्थानीय सेवा प्रदायक संस्थाहरूसँग समन्वय गर्ने कार्य भइरहेको नगरप्रमुख अशोक ब्याञ्जूले बताउनुभयो । उहाँका अनुसार युवालगायतका परिषद् गठन गरी नगरले बेरोजगारीलाई रोजगार, सीप, उद्यामशीलता तथा क्षमता अभिवृद्धि तालिममा संलग्न गराई रोजगार उपलब्ध गराउने उद्देश्य लिएको हो ।

यस्तै नगरले वेटर÷वेट्रेसका लागि २५ वर्ष उमेरभित्रका युवा तथा सबै उमेर समूहका लागि हाउसकिपिङका लागि तालिम प्रदान गर्दै आएको जनाएको छ । नगरले बेरोजगारीमा सूचीकृत परिवारका सदस्यलाई उक्त तालिममा सहभागी गराएको थियो ।

यसैबीच नगरले परिषद्द्वारा हालसम्म एक हजार छ सयलाई विभिन्न प्रकारका सीपमूलक तालिम प्रदान गरिएको जनाएको छ । हालसम्म सशक्तीकरण, उद्यमशीलता र सीपमूलक क्षेत्रमा उक्त सङ्ख्याका नागरिकलाई तालिम प्रदान गरेको नगरले जनाएको छ । नगरवासीलाई आधुनिक तरिकाले सीप सिकाएर आर्थिक रूपले सशक्त बनाई आत्मनिर्भर बन्न प्रेरित गर्ने उद्देश्यले विभिन्न सीपमूलक तालिम प्रदान गरिएको जनाइएको हो । विभिन्न क्षेत्रमा उत्पादनमूलक एवं रोजगारमूलक तालिम दिई दक्ष जनशक्ति निर्माणका लागि तालिम प्रदान गरिएको ब्याञ्जूले बताउनुभयो ।

“सीप सिकेर उद्यम गर्छु भन्नेहरूका लागि उद्यमशीलतासहितको सहुलियत र अनुदानमा पुँजी र प्रविधि उपलब्ध गराएका छौँ, बेरोजगारी घटाउन रोजगारी दिलाउन तथा आफैँ उत्पादनमूलक क्षेत्रमा लागि रोजगार सिर्जना गर्न विभिन्न आयमूलक र सीपमूलक तालिम उपलब्ध गराउने हाम्रो अभियान निरन्तर जारी छ”, ब्याञ्जूले भन्नुभयो । उहाँका अनुसार उद्यमशीलतासहितको सीपमूलक तालिम र सशक्तीकरणले नगरवासी सचेत र आत्मनिर्भर बन्ने विश्वास लिइएको छ । नगरले हरेक नागरिकलाई आफ्नो रुचिको क्षेत्र छनोट गरी सीप सिकेर उद्यमी तथा रोजगार बन्न अपिल गर्दै आएको छ ।

युवा परिषद्मार्फत चालु आर्थिक वर्षमा पनि करिब दुई सय युवालाई बेकरी, मोबाइल मर्मत र ड्राइभिङसम्बन्धी तालिम प्रदान गरिएको छ । परिषद् उपाध्यक्ष सिवी तामाङले विशेषगरी युवा वर्गलाई सशक्तीकरण र सीप सिकेर आत्मनिर्भर बन्न सहयोग पुर्याउने उद्देश्यले फरकफरक तालिम आयोजना गरेको बताउनुभयो । उहाँका अनुसार आधारभूत तालिमपछि ‘एड्भान्स’ तालिमको पनि तयारी गरिएको छ ।

  • Related Posts

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति तर्जुमा गर्ने तयारीका क्रममा सरोकारवाला पक्षबाट राय तथा सुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा…

    इराकमार्फत इरानले ब्यापार गर्दै

    काठमाडौं । अमेरिकाको नाकाबन्दीका कारण इरानमा सामान ढुवानी गर्न कठिनाइ बढ्दै गएको छ । वैकल्पिक मार्गको खोजीमा इरानले सुरुआतमा ओमानको खासाब बन्दरगाह प्रयोग गर्न थालेको भए पनि त्यहाँ जहाजहरूको चाप…

    पहिलो

    घटनाको २५ वर्ष पछि पक्राउ परे, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी-

    • June 7, 2026
    • 33 views
    घटनाको २५ वर्ष पछि पक्राउ परे, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी-

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    • June 5, 2026
    • 53 views
    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन  खिलराज रेग्मीको सुझाव

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    • June 5, 2026
    • 38 views
    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    • June 5, 2026
    • 41 views
    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    • June 5, 2026
    • 39 views
    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    इराकमार्फत इरानले ब्यापार गर्दै

    • June 5, 2026
    • 41 views
    इराकमार्फत इरानले ब्यापार गर्दै