वीरगञ्ज युनाइटेड र नयाँबस्ती युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्।
२४औं मिनेटमा क्रिपकान्त महतो थारुले गोल गर्दै वीरगञ्जलाई अग्रता दिलाएका थिए। तर, ४५औं मिनेटमा सुमन योंग्याले गोल गर्दै नयाँबस्तीलाई १-१ गोलको बराबरीमा ल्याए
६४औं मिनेटमा जीवन मगरले गोल गर्दै नयाँबस्तीलाई २-१ को अग्रता दिलाए। तर, ८१औं मिनेटमा वीरगञ्जका विवेक चौधरीले गोल गरेपछि खेल २-२ गोलको बराबरीमा सकियो।
एन्फा कप्लेक्स सातदोबाटोमा शनिबार सम्पन्न खेलमा वीरगञ्ज र नयाँबस्तीले २-२ गोलको बराबरी खेलेका छन्।







