फिल्म तिलहरीबाट निर्देशन यात्रा शुरू गरेका उनले टुहुरो, माटो बोल्छ, आमा, मन मुटु र माया, भुली गए पाप लाग्ला, धर्म संकट, बेहुली, मायाको साइनो, अनमोललगायत एक दर्जन फिल्मको निर्देशन गरेका छन्।
आचार्यको हृदयघातबाट निधन भएको छ। ६४ वर्षीय आचार्यको बुधबार बेलुका चावहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा आचार्यको अस्पतालमै निधन भएको हो।
एक वर्षदेखि स्वास्थ्य समस्यासँग जुध्दै आएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको थियो।
फिल्म लेखकसमेत रहेका उनले केही फिल्ममा अभिनय पनि गरेका थिए। आमा, दुश्मनलगायतका टेलिफिल्म समेत निर्देशन गरेका उनले अभिनय पनि सिकाउँदै आएका थिए।उनले अन्तिमपटक प्रितीको फूल नामको फिल्मको निर्देशन गरेका थिए।
उनको बुधबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो।







