नेपाल–चीनका विश्वविद्यालयबीच सम्बन्ध विस्तारमा शैक्षिक मेला उपयोगी हुने परराष्ट्रमन्त्रीको विश्वास

काठमाडौँ, ४ असार। उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ शैक्षिक मेलाले नेपाल र चीनका विश्वविद्यालयबीच सम्बन्ध विस्तार भई शिक्षाको गुणस्तर वृद्धिमा पनि सहयोग पुग्ने बताउनुभएको छ । यहाँस्थित चिनियाँ राजदूतावास र चाइना स्कलरसिप काउन्सिलले राजधानीमा आज आयोजना गरेको चिनियाँ शैक्षिक मेलाको उद्घाटन गर्दै उहाँले चीनका प्राध्यापकले नेपालको भ्रमण गरेर दुई देशबीचको शैक्षिक सुधारमा पनि सहयोग पुगेको बताउनुभयो ।

नेपाली विद्यार्थीले चीनमा छात्रवृत्ति पाएर अध्ययन गरी विशिष्टता हासिल गरेर फर्केका धेरै उदाहरण रहेको उपप्रधानमन्त्री श्रेष्ठले कार्यक्रममा सुनाउनुभयो । मेलापछि भविष्यमा अझ धेरै विद्यार्थी लाभान्वित हुने उहाँको विश्वास थियो । शैक्षिक मेलाले चीनको उच्च शिक्षाका बारेमा जानकारी दिन कोशेढुङ्गाको काम गरेको उल्लेख गर्दै उहाँले नेपालका पूर्व एवं वर्तमान उच्च अधिकारीबाट भएको औपचारिक भ्रमणले पनि दुई देशबीचको शैक्षिक, सांंस्कृतिक र सामाजिक सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेलेको श्रेष्ठको भनाइ थियो ।

नेपालका लागि चिनियाँ राजदूत चेन सोङले हाल चीनमा दुई हजार पाँच सय नेपाली विद्यार्थी अध्ययनरत रहेको जानकारी दिँदै नेपालमा अध्ययन, अध्यापन गर्न आउने चिनियाँ विज्ञ, विश्वविद्यालयका विद्यार्थी र अन्तर्राष्ट्रिय चिनियाँ शिक्षा स्वयंसेवकको सङ्ख्या निरन्तर बढिरहेको बताउनुभयो । दुई देशबीचको सांस्कृतिक आदानप्रदान र शैक्षिक सहयोग चीन–नेपालबीचको सम्बन्धको महत्वपूर्ण आधारशीला बनेको उहाँले बताउनुभयो ।

यसले साझा भविष्यका साथै चीन–नेपाल समुदायको घनिष्ठ र अझ नजिकको सम्बन्ध निर्माण गर्न अतुलनीय योगदान दिएको राजदूत सोङले बताउनुभयो । नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष हरिश्चन्द्र साहले दुई देशबीचको शैक्षिक सम्बन्ध पनि जनस्तरमा जस्तै सुमधुर बनाउन शैक्षिक मेलाले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । चीनको शैक्षिक गुणस्तर अन्तर्राष्ट्रियस्तरको भएकाले नेपाली विद्यार्थीले यसबाट लाभान्वित हुने अवसर पाउने उहाँले सुनाउनुभयो ।

कार्यक्रममा चाइना स्कलरसिप काउन्सिलका उपमहासचिव झाङ जुनियरले एक दशकपछि यस्तो मेला आयोजना गरेर चिनियाँ शैक्षिक अवस्थाका बारेमा नेपाली विद्यार्थी, अभिभावक एवं सरोकार भएका अन्य व्यक्तिलाई गराउने अवसर प्राप्त भएको बताउनुभयो । एक दिने शैक्षिक मेलामा चीनका ३१ विश्वविद्यालय एवं शैक्षिक प्रतिष्ठानले सञ्चालन गरिरहेका कार्यक्रमका बारेमा जानकारीसहितको सामग्री राखिएको छ । यसबाट चीनमा गई उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थी लाभान्वित हुने विश्वास गरिएको छ ।

  • Related Posts

    इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा दुई जनालाई मृत्युदण्ड

    इरानमा जासुसी र तोडफोडको आरोपमा दुई जनालाई मृत्युदण्ड दिइएको छ । इरानी समाचार एजेन्सीका अनुसार उनीहरूलाई आज बिहान फाँसी दिइएको हो । समाचारअनुसार ती व्यक्ति इस्रायली गुप्तचर निकायसँग सम्बन्धित सञ्जालका…

    मविरुद्ध उठेका विषयमा अनुसन्धानमा पूर्ण सहयोग गर्छु- गृहमन्त्री गुरुङ

    गृहमन्त्री सुदन गुरुङले आफूविरुद्ध उठेका विषयमा अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले पार्टीले गर्ने निर्णयको पालना गर्दै आवश्यक सहकार्य गर्न तयार रहेको स्पष्ट पारेका छन् ।…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    पहिलो

    केकीको चलचित्र ‘स्टेशन’ को शुभमुहूर्त

    • April 20, 2026
    • 26 views
    केकीको चलचित्र ‘स्टेशन’ को शुभमुहूर्त

    युएई जाने नेपाली नागरिकलाई शर्त राखेर अनुमति दिने दुई कर्मचारीलाई विभागले जिम्मेवारीबाट हटायो

    • April 20, 2026
    • 20 views
    युएई जाने नेपाली नागरिकलाई शर्त राखेर अनुमति दिने दुई कर्मचारीलाई विभागले जिम्मेवारीबाट हटायो

    इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा दुई जनालाई मृत्युदण्ड

    • April 20, 2026
    • 28 views
    इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा दुई जनालाई मृत्युदण्ड

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ

    • April 20, 2026
    • 20 views
    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ

    मविरुद्ध उठेका विषयमा अनुसन्धानमा पूर्ण सहयोग गर्छु- गृहमन्त्री गुरुङ

    • April 20, 2026
    • 37 views
    मविरुद्ध उठेका विषयमा अनुसन्धानमा पूर्ण सहयोग गर्छु- गृहमन्त्री गुरुङ

    गृहमन्त्रीमाथि उठेका प्रश्नको छानबिन गर्न कांग्रेसको माग

    • April 20, 2026
    • 21 views
    गृहमन्त्रीमाथि उठेका प्रश्नको छानबिन गर्न कांग्रेसको माग