नेपाल शान्ति पदयात्रा स्वयम्भूबाट हिरण्य गन्धमान पर्वत हुँदै पाञ्चाल दरवार

विश्व उलक

अभयदानबाट राजकुमार महासत्वले बोधिसत्व प्राप्त गरेको करिब ३५०० वर्ष पछाडि अर्थात् आजभन्दा करिब २५०० वर्ष पहिले सिद्घार्थ गौतम बुद्घले स्वयम्भू दर्शण गर्ने क्रममा हिरण्य गन्धमान पर्वत (हालको नमो बुद्घ) सवार भइ युवराज महासत्वको समाधीमा एक महिना ध्यान गर्नुभथो । एकमहिने ध्यानपश्चात समाधीलाई तीनपटक परिक्रमा गरी नःम बुद्घ भनी ढोग्नुभयो । तत्पश्चात उक्त ढिस्कोको नाम नःम बुद्घ रहन गयो । त्यसै भएर होला क्रिश्चियनहरूले भ्याटिकन र मुस्लिमहरूले मक्कामा हज गर्नजस्तै विश्वका खासगरि नेपालभन्दा पर भारत, भूटान, तिब्बत, चीन, ताइवान, मंगोलिया आदिका बौद्घमार्गीहरू बुधवार वा विभित्र पूर्णेका दिनहरू र खासगरि कार्तिक पूर्णेको दिन धर्म तथा आफ्ना मृत सन्ततिको आत्मा शान्तिको लागि युवराजले बोधिसत्व प्राप्त गरेको स्थान हिरण्य गन्धमान पर्वत र उनको जन्मस्थान पाञ्चाल नगरी दरवार, हालको भगवान डाँडा, पनौती नगरपालिकामा द्विप प्रज्वलन गर्ने चलन बसालेका थिए ।

यस्ता महामानवको अभयदानको इतिहासलाई जिवन्तता दिन तथा गौतम बुद्घजस्ता महामानवहरूले दिनु भएका शान्तिका सन्देशहरूलाई व्यापकता दिनुको साथमा यसको मूल्य मान्यतामा बढावा दिन, सन् २०१७ मा सांस्कृतिक चिन्तक विश्व उलक, आध्यात्मिक अगुवा नरेशप्रसाद मानन्धर, र शान्ति अभियन्ताहरू— देवा सैंजु, पाल्देन लामा, सुवर्ण श्रेष्ठ, राजाराम कर्माचार्यलगायत अन्यको सहभागिता “विश्व साँस्कृतिक शान्ति पदयात्रा” नामक एक अनौपचारिक समिति बनेको थियो । यस पदयात्राले निम्नानुसार दुई लक्ष्यहरू रखेको छ । पहिलो लक्ष्य क) राजकुमार महासत्वको अभयदान (विलक्षण करुणा)को पुःन स्मरण गर्नु आधुनिक क्षेत्रमा आएको अङ्गप्रत्यारोण अभियानलाई ठूलो टेवा मिल्ने छ । यस्तै दोश्रो लक्ष्य ख) शान्तिको मूल्य मान्यतामा ग्राह््यता दिनु । आन्तरिक द्वन्द्व, वैमनष्यता तथा अन्तर्राष्ट्रिय द्वन्द्व, कचिङ्गल, हतियार द्वन्द्व र युद्घको बढ्दो माहोललाई केही मत्थर गर्नमा सहयोग मिल्नेछ ।

चारुमती बिहारका सम्मानित भिक्षु तपसीधम्म तथा अन्तर्राष्ट्रिय म्याराथुन धावक श्री बैकुण्ठ मानन्धरज्यूको मार्गदर्शनमा विश्व सांस्कृतिक साइकल ¥यालीमार्फत समितिले पुरानो मूल्यमान्यताहरूको अध्ययन, अनुसन्धान गर्ने उद्देश्यसहित अप्रिल २०१७ मा स्वयम्भू महाचैत्यदेखि नमोबुद्ध स्तुपासम्म करिब १५० किलो मिटरको एकदिने यात्रा सम्पत्र गरियो ।

साईकल यात्राबाट हामीले थाहा पायौं कि गौतम बुद्धले स्वयम्भुको दर्शण क्रममा राजकुमार महासत्वको समाधीमा श्रद्धाञ्जली अर्पण गर्न वर्तमान नमोबुद्ध मन्दिरको क्षेत्र हिरण्य गन्धमान पर्वतको भ्रमण गर्नुभएको रहेछ । खोजखबरबाट किंवदन्तिअनुसार स्वयम्भूबाट समाधिस्थलको यात्रा क्रममा, श्रीघ, थिमी, भक्तपुर, नाला, पञ्चाल (पनौती), इँटे हुँदै आध्यात्मिक स्थानमा पुग्नुभएको रहेछ । ती किवदन्तिलाई आधार मानी विकसित बौद्घ सम्पदा लक्षित निम्नानुसारको मार्ग बनाइयो; स्वयम्भू महाचैत्य – श्रीघ– थहिटी बहा – जम बहा – कमल पोखरी – चारुमती – बौद्घनाथ – नगदेश बिहार – मुनी बिहार – धाग्पो शेड् रुबलिङ्ग गुम्बा – श्रृष्टिकान्त लोकेश्वर – ध्यानाकुटी बिहार – नःम बुद्घ द्योःछे – इँटे – नःम बुद्घ मन्दिर – नःम बुद्घ अभयदान क्षेत्र ।

सोही वर्ष २०१७ मा समितिले सेप्टेम्बर २१ देखि २३ सम्म मनाइने अन्तर्राष्ट्रिय शान्ति दिवसको सम्मानमा आध्यात्मिक शान्ति द्वीप बोकेर तीन दिने विश्व सांस्कृतिक शान्ति पदयात्राको आयोजना ग¥यो । पदयात्रा आध्यात्मिक रूपमा महत्वपूर्ण मार्ग पछ्याउँदै स्वयम्भू महास्तुपबाट सुरु भएर श्रीघ, थहिती बह, जाम बह, चारुमती बिहार र बौद्धनाथ स्तूप हुँदै नगदेश बिहारमा रात बिताएको थियो । दोस्रो दिन, यात्रा मुनिबिहार हुँदै जारी रह्यो, श्रष्टिकान्त लोकेश्वर हुँदै गयो र ध्यानकुटी बिहारमा अर्कोे रात बसियो । अन्तिम दिन, पदयात्रा पनौती नःम बुद्घ द्योःछे र इटे हुँदै अगाडि बढ्यो, अन्ततः नःम बुद्धको पवित्र गन्तव्यमा पुगेर कार्यक्रम सम्पत्र गरियो ।

यो तीन दिने पदयात्रा अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा हरेक वर्ष सेप्टेम्बर २१ देखि २३ सम्म आलोपालो नेतृत्वमा आयोजना हुँदै आएको छ । २०१९ देखि २०२२ सम्म, पदयात्राको नेतृत्व एजुकेशन फाउन्डेसन फर बुद्धिज्मले गरेको थियो । त्यसपछि २०२३ मा काभ्रे सेवा समाजले गरेको थियो । पदयात्राको सुरुवात सन २०१७ देखि नै विश्व बौद्ध धर्म समाजले सक्रिय रूपमा भाग लिइरहेको थियो । २०२४ मा, अन्तराष्ट्रिय शान्ति पर्यटनको प्राविधिक सहयोगमा हालिन नेवा गुठी र ज्यापु महागुठीको सहकार्यमा कार्यक्रमको परिवर्तित नाम “नेपाल शान्ति पदयात्रा”को साथ विश्व बौद्ध धर्म समाजले पदयात्राको नेतृत्व गरेको थियो । त्यस वर्ष भारत, चीन, थाइल्याण्ड, जापान, जर्मनी, संयुक्त अधिराज्य, स्वीट्जरल्याण्ड र संयुक्त राज्य अमेरिकाका प्रतिनिधिहरूसहित बलियो अन्तर्राष्ट्रिय सहभागिता राम्रो देखियो । अन्तर्राष्ट्रिय सहभागितालाई ध्यानमा राख्दै पहिलो दिनको रात नगदेशबाट मुनिबिहार भक्तपुरमा परिवर्तन गरिएको थियो । आगामी २०२५ संस्करण विश्व बौद्ध धर्म समाज र हालिन नेवा गुठीले ज्यापु महागुठीसँगको सहकार्यमा संयुक्त रूपमा आयोजना गर्दैछ । यस बर्षको यात्रा कार्तिक पुर्णे अर्थात् राजकुमार महासत्वको निस्वार्थ कार्यमार्फत बोधिसत्व प्राप्त गरेको दिन पुग्नेगरि नोभेम्बर ३ देखि ५ सम्मको तिनदिने कार्यक्रम तय भएको छ । साथमा राजकुमार महासत्वको सम्झनामा नःम बुद्घको जन्मस्थान पाञ्चाल दरवार हालको भगवान डाँडा, पनौती नगरपालिका भवनमा कार्यक्रम सम्पत्र गर्ने लक्ष्य राखिएको छ । यस वर्ष, गत वर्षको तुलनामा अझ धेरै अन्तर्राष्ट्रिय सहभागिताको अपेक्षा गरिएको छ, शान्तिको लागि यो अर्थपूर्ण यात्रामा आन्तरिक सहभागिताको पनि ठूलो अपेक्षा गरिएको छ ।
आध्यात्मिक र प्राकृतिक विरासतलाई ध्यानमा राख्दै यस नेपाल शान्ति पदयात्रालाई अर्थपूर्ण पर्यटकीय र तीर्थटनको रूपमा विकास गर्ने अपार सम्भावना छ । विचारशील योजनाको साथ यो स्थल करुणा, अहिंसा र शान्तिमा विश्वव्यापी शिक्षालाई प्रवद्र्धन गर्न, ऐतिहासिक ज्ञानलाई आधुनिक मानवीय मूल्यहरूसँग जोड्ने अभियानको रूपमा काम गर्न सक्छ । प्राचीन किम्बदन्ति तथा वस्तुगत अवधारणालाई वर्तमान नैतिक चुनौतीहरूसँग जोडेर, केवल ध्यान केन्द्र र पूजास्थल मात्र होइन, आन्तरिक शान्ति निर्माणमार्फत नैतिक प्रतिबिम्ब र अन्तरसांस्कृतिक संवादको लागि जीवन्त कक्षाकोठा पनि बन्न सक्छ । यो पहल संयुक्त राष्ट्र संघजस्ता अन्तर्राष्ट्रिय संस्थाहरू जो शान्ति निर्माण अभियानलाई सुदृढ पार्न क्रियाशील छन्, साथै नेपालका पर्यटन संस्थाहरू नेपाल सरकारलाई जो पर्यटन विकासमा हल्ला गर्दछन् तिनीहरूका लागि समेत सानो आधार हुनसक्छ ।
(लेखक उलाक खोपासी, पनौती नगरपालिका निवासी धार्मिक तथा सामाजिक व्यक्तित्व हुनुहुन्छ ।

  • Related Posts

    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    काठमाडौँ । फ्रान्सेली अनुसन्धान एजेन्सीहरूले एलन मस्कलाई पेरिसमा सोधपुछको लागि बोलाएको छ । यो मुद्दा बाल दुर्व्यवहार र उनको कम्पनी, एक्समा डिपफेक सामग्री फैलाएको आरोपसँग सम्बन्धित छ । अनुसन्धान जनवरी…

    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना साउनदेखि चैतसम्म सम्ममा निर्यात व्यापार २ खर्ब २२ अर्ब बराबरको भएको छ ।  भन्सार विभागले सार्बजनिक गरेको रिपोर्टका अनुसार अघिल्लो आवको सोही अवधिमा…

    पहिलो

    पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

    • April 21, 2026
    • 120 views
    पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    • April 21, 2026
    • 31 views
    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    वार्ताको चर्चाका बीच इरानको युद्धक्षेत्रमा नयाँ रणनीति

    • April 21, 2026
    • 31 views

    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    • April 21, 2026
    • 31 views
    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    इराकबाहेक सबै देशका लागि खुला भयो श्रम स्वीकृति

    • April 21, 2026
    • 29 views
    इराकबाहेक सबै देशका लागि खुला भयो श्रम स्वीकृति

    २०८३ बैशाख ८ गते मंगलबार: आजको राशिफल

    • April 21, 2026
    • 30 views
    २०८३ बैशाख ८ गते मंगलबार: आजको राशिफल