काठमाडौँ । नेप्सेमा आज पनि गिरावट आएको छ । आज बुधबार नेप्से २५.८१ अंकले घटेर २७४४.४५ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३५१ कम्पनिका एक करोड २१ लाख ३४ हजार ३६० कित्ता शेयर ४ अर्ब ९८ करोड ६२ लाख ९४ हजार १७३ मा कारोबार भएको थियो । आज विकास बैंक, म्युचुअल फण्ड र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सबैभन्दा बढी कर्पोरेट विकास बैंकको शेयर १३.८१ प्रतिशतले बढेको छ भने सबै भन्दा बढी केबीएल डिभेन्चर २०९० को शेयर ११.४६ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिग मिल्सको २४ करोड १९ लाख र पाल्पा सिमेन्टको २० करोड २२ लाख बराबरको कारोबार भएको छ ।







