पनौती नगरपालिकाद्वारा बाढी तथा पहिरोपीडितलाई राहत वितरण

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले बाढीपीडित परिवारलाई मङ्गलबार पहिलो चरणको राहत वितरण गरेको छ । नगरपालिका र सहयोगी दाताबाट प्राप्त भएको राहत सामग्रीलाई नगरप्रमुख रामशरण भण्डारी र उपप्रमुख गीता बञ्जारालगायतको टोलीले वडा कार्यालयसँगको समन्वयमा सम्बन्धित ठाउँमा पुगेर वितरण गरेको हो ।

नगरप्रमुख भण्डारीले पनौती नगरपालिकाको सबैभन्दा बढी प्रभावित क्षेत्र रोशी भूमेडाँडा आसपासमा भएको बताए । प्रारम्भिक विवरणअनुसार तीन सय परिवार घरबारविहीन भएको उनको भनाइ छ । रोशी खोलामा गएको बाढीका कारण धेरै कटान भएर धेरै धनजनको क्षति भएको छ ।

विपद्पछिको पहिलो कार्य राहत वितरण र पहुँचमार्गलाई अगाडि बढाएको उनले बताए। सोही क्षेत्रबाट काभ्रे उपत्यका एकीकृत खानेपानीको मुख्य पाइपलाइन लगेकोमा ११ किलोमिटरभन्दा बढी ठाउँमा क्षति पुगेको कारण खानेपानी समस्यामा रहेको जनाएको छ ।

नगरउपप्रमुख गीता बञ्चाजाराले भूमेडाँडा रोशी आसपासका नागरिक एउटा घरबाट अर्को घरसम्म पनि जान सक्ने अवस्था नरहेकाले कारण यहाँका खानेपानी, बिजुली र राहत र उद्धारका काममा लागेको बताए । पहिलो चरणमा पीडित परिवारलाई चामल, दाल, नुन, तेल र साबुनलगायतका सामग्री वितरण गरिएको छ ।

दाताबाट सङ्कलन भएको र नगरपालिकाबाट थप गरी वडा कार्यालयमार्फत नगरपालिकाको वडा नं. १, २, ३, ४ र १२ का गरी एक सय ५१ परिवारलाई राहत वितरण गरेको नगरपालिकाले जनाएको छ ।

भूमेडाँडाका हरिबहादुर मुल्मिले घरबार बगाउनेदेखि पाकेको धानखेतमा धेरै क्षति भएको कारण नागरिकले धेरै पीडा खेप्नुपरेको बताए । सो क्षेत्रका नागरिकले बस्ने, खानेलगायतका राहतलाई समयमा प्राप्त गर्न नपाएको गुनासो गरेका छन् । गत बिहीबारदेखि गरेको अविरल वर्षाका कारण रोशी खोलामा गएको बाढीले आसपासका बस्तीमा ठूलो क्षति पुगेको छ ।

मङ्गलबार नै पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले सबै सङ्घ/संस्थालाई मानवीय सङ्कटको यस अवस्थामा पीडितको उद्धार, राहत तथा पुनः स्थापनामा सहयोग गर्न अपिल गरेका छन् । बाढीपहिरोमा परी पनौती नगरपालिका क्षेत्रभित्रका २० जना व्यक्तिको निधन भएको, धेरै व्यक्तिहरू घाइते अवस्थामा रहेको, पाँच सय घर पहिरोमा परी पूर्णरूपमा क्षतिग्रस्त भएका छन् ।

साथै सात सय १३ घर आंशिकरूपमा क्षतिग्रस्त रहेका, पहिरोमा परी दुई हजारभन्दा बढी सङ्ख्यामा पशुधनको क्षति भएको, अधिकांश सडक बाढीले बगाएको तथा पहिरोमा पुरिएको अवस्थामा रहेको अवस्था छ ।

  • Related Posts

    जबरजस्ती करणी गरेको अभियोगमा धनकुटाबाट एक जना पक्राउ

    धनकुटामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-६ गुठ बस्ने ४२ वर्षीय धन बहादुर गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।  धन बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने…

    सडक र सहरी सुरक्षा तथा व्यवस्थापनमा महानगर र प्रहरीबिचको सहकार्य बलियो बनाउन छलफल

    सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा काठमाडौँ महानगरपालिका र नेपाल प्रहरी बिचको सम्बन्ध थप बलियो बनाइने भएको छ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीका बिचमा…

    पहिलो

    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    • April 16, 2026
    • 29 views
    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    • April 16, 2026
    • 22 views
    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    बिबिसीले दुई हजार कर्मचारी हटाउदै

    • April 16, 2026
    • 24 views
    बिबिसीले दुई हजार कर्मचारी हटाउदै

    संबिधानप्रति प्रतिबद्ध छौं, सरकारलाई शंका नगरौं- मन्त्री वाग्ले

    • April 16, 2026
    • 22 views
    संबिधानप्रति प्रतिबद्ध छौं, सरकारलाई शंका नगरौं- मन्त्री वाग्ले

    संयुक्त राष्ट्र संघको सत्रमा सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले CEPA का उपाध्यक्ष रोल्फ अल्टरलाई भेंटे-

    • April 16, 2026
    • 140 views
    संयुक्त राष्ट्र संघको सत्रमा सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले CEPA का उपाध्यक्ष रोल्फ अल्टरलाई भेंटे-

    जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

    • April 16, 2026
    • 21 views
    जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ