पर्सा मा श्रोत नखुलेको सात लाख नगद सहित साह पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २३ माघ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार दिउँसो करिब ०२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १०, आदर्शनगर स्थित रहेको ग्लोबल आई. एम. ई. बैंक नजिक सडक खण्ड बाट श्रोत नखुलेको लाखौं रुपैयाँ सहित एक जना मानिसलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका वडा नं. ०३, झौवा बस्ने वर्ष ४३ को अजय कुमार साहलाई शंका लागि चेक जाँच गर्दा निजले लगाएको सेतो ट्रयाक्सुटको दुबै साईडको खल्तीमा लुकाइ छिपाई राखिएको नेपाली रु. १ हजारको दरका नोट ७ सय थान गरी जम्मा रु. ७ लाख फेला पारी कानूनी रित पुर्‍याई खानतलासी बरामदी गरी निज अजय कुमार साहलाई नियन्त्रणमा लिई यस कार्यालयमा ल्याइ निज विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम ( हुण्डी सम्बन्धी कारोबार गर्न नहुने ) कसूरमा थप अनुसन्धान कार्य भईरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्साल ले बताएका छन् ।

साथै निजलाई २०८१ साल बैशाख ०७ गते जिल्ला प्रहरी कार्यालय, पर्सा बाट नै बैंक तथा वित्तिय संस्था सम्बन्धी कसूरमा मुद्दा चलाइएको हुँदा पटके ( हुण्डी कारोवारी ) देखिएको व्यहोरा समेत सूचना अधिकारी लम्साल ले जानकारी गराएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    दीपेन्द्र प्रजापति/कालो झोला । ललितपुर, ३१ जेठ । ललितपुरको सांस्कृतिक पहिचान प्रवद्र्धन गर्न सञ्चारमाध्यम मार्फत भूमिका निर्वाह गर्ने सात जना पत्रकारलाई ललितपुर महानगरपालिका– ५ वडा कार्यालयले पहिलो पटक सुशासन पत्रकारिता…

    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ३१ जेठ । विशेष सूचनाको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलिले आज बिहान पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं. ०३, मुरैया चोक स्थित…

    पहिलो

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    • June 14, 2026
    • 43 views
    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    • June 14, 2026
    • 37 views
    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 82 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 76 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 129 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 144 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-