पर्सा मा श्रोत नखुलेको १४ लाख १३ हजार ५ सय रकम सहित दुई जना पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०६ भाद्र । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बिहीबार दिउँसो करिव ०४:२० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. ०२, घुसुकपुर इदगाह चोक सडक खण्ड बाट हुँडीको लाखौं रुपैंया सहित दुई जना मानिस र दुइ वटा मोटरसाइकल आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त दिन त्यहाँ बाट खटिएको प्रहरी टोलीले उल्लेखित स्थान बाट भारतिय नंवर प्लेट BR 05 AB 7761 र प्रदेश २-०३-००२ प ५५४४ नम्बरका मोटरसाइकलहरूलाई रोकी उक्त मोटरसाइकलहरूमा सवार वीरगञ्ज महानगरपालिका वडा नं. ०२, घुसुकपुर बस्ने वर्ष ३९ को संजय कुमार साह र बारा जिल्लाको महागढीमाइ नगरपालिका वडा नं. ०४, बगडमपुर बस्ने वर्ष ४१ को शनि कुमार ठाकुरलाई रोकी कानूनी रितपुर्याइ खानतलासी गर्दा निजहरूले चलाइ ल्याएको मोटरसाईकलहरु मा फल्स सिलिङ बनाइ लुकाइ राखेको अवस्थामा श्रोत नखुलेको लाखौं रुपैंया बरामद भएको छ ।

उनीहरूको साथ बाट नेपाली रू.१ हजार दरका नोट १ हजार थान रू. १० लाख र रु. ५ सय दरका नोट ८ सय २७ थान रु. ४ लाख १३ हजार ५ सय गरी जम्मा रु.१४ लाख १३ हजार ५ सय फेला पारी बरामद गरी निजहरूलाई नियन्त्रणमा लिइ निजहरू विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डी सम्बन्धी कारोबार गर्न नहुने) कसूरमा पर्सा जिल्ला अदालत बाट पाँच दिनको म्याद लिइ थप अनुसन्धान कार्य भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास भट्ट ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    • June 2, 2026
    • 39 views

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    • June 2, 2026
    • 44 views
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    • June 2, 2026
    • 44 views
    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    • June 2, 2026
    • 50 views
    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 48 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 46 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन