वीरगंजमा हैजाका बिरामी भेटिएपछि स्वास्थ्यकर्मीको टोली परिचालन, सतर्कता अपनाउन महानगरको आह्वान-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, ०७ भाद्र । वीरगंज महानगरपालिका–१२, मुर्लीको नयाँ टोलमा हैजाका बिरामी भेटिए सँगै रोकथाम तथा नियन्त्रणका लागि महानगरले शुक्रबार राति देखि नै स्वास्थ्यकर्मीहरुको टोली परिचालन गरेको छ । संक्रमणबारे जानकारी पाएलगत्तै महानगर प्रमुख राजेशमान सिंहले टोलीलाई तत्काल प्रभावित क्षेत्रमा खटाउन निर्देशन दिनुभएको थियो । निर्देशन अनुसार टोली राति देखि नै संक्रमित क्षेत्र पुगेर अवस्थाको जानकारी लिनुका साथै स्थानीयलाई सतर्क गराउने कार्य थालेको हो ।

महानगरका अनुसार मुर्ली टोलका करिब ३० जना बासिन्दा झाडा पखालाको कारण वीरगंजको तराई हस्पिटलमा भर्ना भएका थिए । एकै पटक ठूलो संख्यामा बिरामी आएपछि अस्पतालले शंका व्यक्त गर्दै महानगरलाई खबर गरेको थियो । त्यसपछि नारायणी अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालय सँगको समन्वयमा गरिएको परीक्षणमा तीन जनामा हैजाको जीवाणु भिब्रियो कोलेरा पाइएको हो । संक्रमित मध्ये १६ वर्षीय बालक, २४ वर्षीय युवक र २४ वर्षीय महिला रहेका छन् । तीमध्ये बालकको अवस्था गम्भीर रहेको महानगर स्वास्थ्य शाखा प्रमुख राजु शाहले जानकारी दिनुभयो ।

यस्तै, मुर्ली टोलका घरहरूमा प्रयोग भइरहेको पिउने पानीको नमुना थप परीक्षणका लागि काठमाडौंको टेकु स्थित स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाइएको छ । हैजा फैलन नदिन र स्थानीयलाई सतर्क बनाउन शुक्रबार राति देखि नै स्वास्थ्यकर्मीहरूको टोली घर–घरमा पुगेको छ । टोलीले हैजा बाट जोगिने उपायहरू बारे जानकारी दिँदै कुनै पनि शंकास्पद बिरामी भेटिए तत्काल नजिकैको स्वास्थ्य संस्थामा लैजान आग्रह गरेको छ ।

सचेतना अभियानमा जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुर, महानगरका जनस्वास्थ्य अधिकृत सुमन चन्द्र ठाकुर लगायतको टोली सक्रिय छ । जनस्वास्थ्य अधिकृत ठाकुरका अनुसार, पर्सा जिल्लामा पछिल्लो १० वर्ष यता पहिलोपटक हैजाको प्रकोप देखिएको हो । भिब्रियो कोलरी नामक जीवाणु दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गरेपछि हैजा लाग्ने गर्दछ ।

यस रोगका लक्ष्णमा निरन्तर झाडा पखाला लाग्ने, वान्ता हुने, पेट दुख्ने, आँखा गाडिने, शरीरमा पानी कमी भई मांसपेसी दुख्ने र ज्वरो आउने जस्ता समस्या देखिने गर्छन् । समयमै उपचार नपाए मृत्यु समेत हुन सक्ने चेतावनी उनले दिएका छन् ।महानगरले हैजा बाट जोगिनका लागि सबैलाई विशेष सतर्कता अपनाउन आह्वान गरेको छ ।

उमालिएको वा निर्मलीकरण गरिएको पानी मात्र पिउने, तरकारी तथा हरियो सागपात उमालेको पानीले पखालेर मात्र पकाएर खाने, बासी खाना नखाने, राम्ररी नपकाएको मासु वा माछा नखाने, साबुनपानीले पटक–पटक हात धुने, खानपिनका भाँडाकुडा सफा राख्ने र सफा शौचालय प्रयोग गर्न अनुरोध गरिएको छ ।

महानगर प्रमुख सिंहले हैजा एक गम्भीर संक्रामक रोग भएकाले यसको रोकथाममा कुनै पनि प्रकारको लापरबाही नगर्न सबैलाई चेतावनी दिनुभयो । उहाँले सतर्क रहनुका साथै कुनै पनि शंकास्पद लक्षण देखिए तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गर्नुभएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    • June 2, 2026
    • 39 views

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    • June 2, 2026
    • 44 views
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    • June 2, 2026
    • 44 views
    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    • June 2, 2026
    • 50 views
    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 48 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 46 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन